काठमाडौं, ९ असोज । नेपाली क्रिकेट सन्दीप लामिछानेले टी–१० लिग खेल्नेभएका छन् । युएईको व्यासायिक लिग टी–१० मा खेल्ने ८ टिम मध्ये सन्दीपलाई केरला किंग्सले किनेको हो। केरलाले सन्दीपलाई ३० हजार अमेरिकी डलर ९३४ लाख ८३ हजार रुपैयाँ० दिनेछ।
सन्दीप आबद्ध टिममा इंग्ल्यान्डका इयान मोर्गान कप्तान छन्। जहाँ वेस्ट इन्डिजक क्रिस गेल, केइरन पोलार्डदेखि पाउल स्टर्लिङ, पाकिस्तानका जुनाइद खान र श्रीलंकाका निरोशन डिवेला छन्।
टी–१० लिग आगामी मंसिर ७ देखि १६ गतेसम्म शारजाह क्रिकेट मैदानमा हुनेछ। लिगमा केरलासहित माराथा अरेबियन्स, पाख्तून्स, पन्जाबी लिजेन्ड्स, कराचियन्स, बेङ्गाल टाइगर्स, नर्थन वारियर्स र राजपुतस् छन्। लिगमा १० ओभरको एक इनिङ हुने र खेल ९० मिनेटमा सकिने नियम छ। लिगको दोस्रो संस्करण हो।
यस लिगलाई इमिरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले मान्यता दिएको छ।
सन्दीपको यो पाँचौ विदेशी फ्रेन्चाइज लिग हो ।


















