डल्लास(संयुक्त राज्य अमेरिका), १ असार। एशियाली मुलुक जापानले युरोपेली नेदरल्याण्ड्ससँग २-२ गोलको रोमाञ्चक बराबरी खेलेको छ। विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गत डलास स्टेडियममा सोमबार बिहान भएको खेलमा जापानले अन्तिम मिनेटमा थप गोल गर्दै बराबरी गरेको हो।
नेदरल्याण्ड्सका लागि कप्तान भर्जित भान डाड़क र क्रिसेन्सियों समरभिलले गोल गरे भने जापानका केश्ती नाकामुरा र दाइची कानाडाले गोल फर्काए।
पहिलो हाफमा नेदरल्याण्ड्सले खेलमा स्पष्ट दबाव बनाए पनि गोल गर्न सकेन। डोनेल मालेनले सुरुआतमै वोही अवसर पाए पनि जापानी गोलरक्षक जियोन सुजुकी उत्कृष्ट लयमा देखिए। जापानले पनि केही अवसर सिर्जना गरे पनि दुवै टोली गोलविहीन बराबरीमा रोकिए।
दोस्रो हाफमा डच टोलीले अग्रता बनायो। खेलको ५१औं मिनेटमा नेदरल्याण्ड्सका लागि रायन ग्राभेनवेर्षको क्रसमा काप्तान भान डाइकले शक्तिशाली हेडरमार्फत गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।
तर, जापानले ५७ औं मिनेटमा खेलमा फर्कियो। ताकेफुसा कुबोको पासमा केठती नाकामुराले बक्स बाहिरबाट प्रहार गरेको बल डिफेन्टर जान पाउल भान हेक्केलाई हल्का छोएर जाली चुमेपछि खेल १-१ को बराबरीमा पुग्यो।
बरावरीपछि खेल थप रोमाञ्चक बन्यो। ६४ औं मिनेटमा ग्राभेनयेर्थको पासमा समरभिलले जापानी पेनाल्टी क्षेत्रको दायाँ भागबाट उत्कृष्ट प्रहार गर्दै नेदरल्याण्ड्सलाई फेरि अग्रता दिलाए। समरभिलको यो नेदरल्याण्ड्सका लागि पहिलो अन्तर्राष्ट्रिय गोल थियो र त्यो विश्वकपमै आएको हो। योसँगै नेदरल्याण्ड्स २-१ ले अग्रता बनायो ।
नेदरल्याण्ड्स जित नजिक पुगेको जस्तो देखिए पनि जापानले हार मानेन। निरन्तर आक्रमण गरिरहेको जापानका लागि खेल सकिन दुई मिनेट बाँकी रहँदा जुन्या इतोको कर्नरमा कोकी ओगावाले हेडरमार्फत बल अगाडि बढाए र दाइची कामाताको हेडरमा गोल हुन सफल भयो। ८८औं मिनेटमा आएको उक्त गोलले जापानलाई २-२ को बराबरी बनायो।
अन्तिम समयमा दुवै टोलीले निर्णायक गोलका लागि प्रयास गरे पनि थप गोल हुन नसक्दा अंक बाँडन बाध्य भए।
समूहको शक्तिशाली र उपाधिक दाबेदारमध्येको एक नेदरल्याण्ड्सलाई रोकेसँगै अंकतालिकामा जापानले आफ्नो नाम लेखाएको छ। यो समूहमा स्वीडन र ट्युनिसिया पनि छ। यी दुई टोली आजै बिहान पौने ८ बजे भिड्नेछन्।
यो बराबरीसँगै समूह एफमा जापान र नेदरल्याण्ड्सले समान एकएक अंक जोडेका छन्। दुई पटक पछि परेको अवस्थामा पानि पुनरागमन गर्दै अंक खोस्न सफल जापानले आफ्नो लडाकु चरित्र फेरि एकपटक प्रमाणित गरेको छ भने नेदरल्याण्डसले विश्वकपमा दुई पटक अग्रता लिएर पनि जित निकाल्न असफल भएको छ ।








