Prakash Adhikari June 17, 2026

काठमाडौँ, ३ असारः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार धितोपत्र बजार परिसूचक ०.०८अङ्कले उकालो लागेर २७०५.५३ बिन्दुमा मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव २० अङ्कले घटेर चार सय ६४ दशमलव ४३ मा सिमित भएको छ ।

कुल ३५२ कम्पनीको ८३ लाख ७५ हजार ४७१ कित्ता शेयर रु तीन अर्ब ६३ करोड ७५ लाख ८९ हजार १० मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा एनआरएन इन्फास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा छ । यस्तै, रिलायन्स स्पिनिङ मिल्स, बुङ्गल हाइड्रो, सेन्ट्रल फाइनान्स, आँखु खोला जलविद्युत् कम्पनी शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार सोपान फर्मासिटिकल्स, अपोलो हाइड्रोपावर, बुङ्गल हाइड्रो, त्रिशूली जलविद्युत् कम्पनी, एबिएल डिवेञ्चरका लगानीकर्ताले कमाएका छन् । एनएमबी डिवेञ्चर, प्राइम डिवेञ्चर, एबिएस डिवेञ्चर, डोल्टी पावर कम्पनी र लक्षमी उन्नति कोषका लगानीकर्ताले भने गुमाएका छन् ।
Share Now