Prakash Adhikari June 22, 2026

 

काठमाडौं, ८ आषाढ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको नाममा पक्राउ गरिएको छ ।

उहाँलाई सम्पत्ति शुद्धीकरण विभागको तर्फबाट सुर्खेतमा पार्टी कार्यक्रमस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

उहाँलाई सम्पत्ति शुद्धीकरण विभागले शंकास्पद सेयर कारोबार र सम्पत्तिको स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको बताएको छ ।

पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुग्नुभएको थियो । उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउनका लागि नेपालगञ्ज ंलगिएको छ। नेपालगञ्जबाट उहाँलाई हवाई हवाईजहाजमार्फत काठमाडौं ल्याउने तयारी थियो । तर, राति अबेर भएको र सुरक्षा चुनौतीलाई हेरेर यात्रा नगराउने निर्णय भएको बताइएको छ ।

भोलि बिहान हवाई जहाजमार्फत नै काठमाडौं ल्याउने तयारी रहेको स्रोतले जनाएको छ ।

पौडेललाई पक्राउ गर्नुअघि भैंसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको थियो ।

पौडेललाई नियन्त्रणमा लिनुअघि विभागको टोलीले ललितपुरको भैंसेपाटीस्थित निवासमा छापा मारेर केही कागजात बरामद गरेको बताइएको छ ।

 

Share Now