काठमाडौं, ३२ असार । नेपाल राष्ट्र बैंकले यात्रुबाहक ठूला विद्युतीय सवारीको ऋण मूल्य अनुपात ८० प्रतिशत कायम गरेको छ ।
केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थालाई कार्यान्वयन गर्न जारी गरेको एकीकृत निर्देशिकामा सो कुरा उल्लेख छ ।
केन्द्रीय बैंकका अनुसार सार्वजनिक यातायातको रुपमा प्रयोग हुने यात्रुबाहक ठूला विद्युतीय सवारी साधनका लागि कर्जा प्रवाह गर्दा ऋण अनुपात ८० प्रतिशत कायम गर्नु पर्नेछ ।
त्यसैगरी जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भइ प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा पनि ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिनेछ ।
तर अन्य सवारी साधानको हकमा सवारी साधनको ऋण मूल्य अनुपात अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने व्यवस्था छ ।








