Prakash Adhikari December 5, 2017

काठमाडौं, १९ मंसिर । नबिल बैंकको सञ्चालकमा बैकर उपेन्द्रप्रसाद पौडेल नियुक्त हुनुभएको छ ।

एनबी इन्टरनेशनल लिमिटेडबाट प्रतिनिधित्व गर्नुहुने कृष्णप्रसाद शर्माले राजिनामा दिएसँगै खाली रहेको ठाँउमा पौडेललाई ल्याइएको बैंकले जनाएको छ ।

यता नबिलका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले दिनुभएको राजिनामा बैंकको संचालक समितिको सोमबार बसेको बैठकले आगामी फागुन ५ गतेदेखि लागु हुने गरि स्वीकृत गरेको छ ।

२०७२ असार १३ गतेदेखि नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका जोशीले साढे दुई वर्षपनि नभई राजीनामा दिनुभएको हो ।

बैकको सञ्चालक समितिसंग नीतिगत मतभेदका कारण उहाँले राजिनामा दिनुभएको बताइएको छ । उहाँ जिम्मेवारीबाट मुक्त भएपछि सो जिम्मेवारी नवनियुक्त सञ्चालक उपेन्द्रप्रसाद पौडेललाई दिनसकिने बताइएको छ ।

यता नबिलमा राजिनामा दिनुभएको शर्माको नाम एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रस्ताव भएको लामो समय भइसक्दा पनि बीमा समितिले स्विकृत गरेको छैन ।

 

Share Now

Leave a comment.