ढाका(बंगलादेश),१६ असोज । बंगलादेशमा भैरहेको बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपाल ताजिकस्तानसँग २–० गोलले पराजित भएको छ।
सिटेल रंगशालामा मंगलबार साँझ भएको खेलमा ताजिकस्तानका फाथ्खुल्लो फाथुएल्लोभले २६ औं मिनेटमा गोल गरे।
पहिलो हाफमा १ गोलको अग्रता लिएको ताजिकस्तानले दोस्रो हाफको ६८ औं मिनेटमा गोल थप्दै विजयलाई सुनिश्चित गर्यो ।
ेनेपाली खेलाडी अनन्त तामाङको फउलमा फाथ्खुल्लोले २६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा पुनरागमन गर्न सकेन।
गोलका लागि थुप्रै प्रयास भएपनि सफल हुन सकेन। उल्टै दोस्रो हाफको अन्तिमतिर ताजिकिस्तानले गोल थप्यो। जसका कारण डिफेण्डिङ च्याम्पियन नेपाल पहिलो खेलमै गोलविहीन पराजय भोग्न विवश भयो ।