ओस्लो(नर्वे),१७ असोज । भौतिकशास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार लेजर फिजिक्सको क्षेत्रमा गरिएको आविष्कारका लागि एक महिलासहित तीन वैज्ञानिकलाई दिइएको छ।
क्यानडाकी डा. डोना स्ट्रिक्ल्यान्डले अमेरिकाका डा. अर्थर आश्किन र फ्रान्सका डा. जेरा मोरूसँग लेजर फिजिक्सको क्षेत्रमा गरेका अनुसन्धानका लागि संयुक्त रूपमा नोबेल पुरस्कार पाएका हुन्।
स्ट्रिक्ल्यान्ड कम उमेरमा (५५ वर्षमा) भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाउने प्रथम महिला वैज्ञानिक भएकी छन्। सो विधामा नोबेल पुरस्कार पाउने उनी तेस्री महिला हुन्।
उनीभन्दा पहिला सन् १९०३ मा मेरी क्युरीले र सन् १९६३ मा मारिआ गोइप्पर्ट(माएरले भौतिकशास्त्रतर्फ सो पुरस्कार पाएका थिए।
आश्किनले पुरस्कारको आधा राशी अर्थात् आठ लाख ७० हजार यूरोको आधा रकम पाउने र अन्य दुईजनाले बाँकी आधा बाँड्ने नोबेल पुरस्कार समितिले जनाएको छ।