किनरारा ओभल खेल मैदान (मलेसिया)। टी-२० विश्वकपको एसिया ‘बी’ छनोटको पहिलो खेलमा नेपालले ३० रनको सहज लक्ष्य पाएको छ ।
मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिड. रोजेको म्यानमारसंगको खेलमा नेपाली बलरहरु सन्दीप लामिछाने र ललित राजवंशीले ४ चार विकेट लिए भने करण केसी र ललितसिंह भण्डारीले एक एक विकेट लिए ।
म्यानमारको खेलमा नेपाली खेलाडी ललितसिंह भण्डारीले पहिलो विकेट लिएका थिए । उनले पहिलो ओभरको पाँचौ बलमा केके विन थुलाई आउट गरेका थिए ।
त्यस्तै दोस्रो ओभरको को रुपमा को को लिन थुलाई ४ रनमा ललितसिंह भण्डारीले आउट गराएका थिए ।
त्यस्तै दोस्रो ओभरको चौथो बलमा करण केसीले म्यानमारका खेलाडी खिन अयेलाई आउट गरे ।
छैठौ ओभरको दोस्रो बलमा ललित राजवंशीले नियाम तुनलाई आउट गरे ।
सातौ ओभरको तेस्रो बलमा सन्दीप लामिछानेले लिन अंगलाई आउट गरे ।
त्यसपछि नवौ ओभरमा लामिछानेले लगातार तीन विकेट लिए ।
१०औ ओभरमा राजवंशीले तीन विकेट लिए ।
यसरी म्यानमार २९ रनमा अल आउट भयो ।


















