Prakash Adhikari October 3, 2018

किनरारा ओभल खेल मैदान (मलेसिया)। टी २० विश्वकपको एसिया ‘बी’ छनोटको पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको छ ।

मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिड. रोजेको म्यानमारले २० ओभरको निर्धारित खेलमा जम्मा २९ रन मात्र बनाउन सकेको थियो । २० ओभरको खेलमा १०औं ओभरमा सबै विकेट गुमाएर अल आउट भएको म्यानमारको ३० रनको लक्ष्यलाई नेपालले दुई विकेटको क्षतिमा तेस्रो ओभरमा नै पूरा गर्यो ।

नेपालका ब्याटिड तर्फ नेपालका करण केसीले १४,अनिलकुमार शाहले ११ ,ललित भण्डारीले ३ र दिपेन्द्र सिंह ऐरीले २ रनको योगदान गरे ।

बलिड. तर्फ नेपाली बलरहरु सन्दीप लामिछाने र ललित राजवंशीले ४ चार विकेट लिए भने करण केसी र ललितसिंह भण्डारीले एक एक विकेट लिएर १० ओभरमा नै म्यानमारलाई अल आउट गरिदिए ।

म्यानमारसंगको खेलमा नेपाली खेलाडी ललितसिंह भण्डारीले पहिलो विकेट लिएका थिए । उनले पहिलो ओभरको पाँचौ बलमा केके विन थुलाई आउट गरेका थिए ।
त्यस्तै दोस्रो ओभरको को रुपमा को को लिन थुलाई ४ रनमा ललितसिंह भण्डारीले आउट गराएका थिए ।
त्यस्तै दोस्रो ओभरको चौथो बलमा करण केसीले म्यानमारका खेलाडी खिन अयेलाई आउट गरे ।
छैठौ ओभरको दोस्रो बलमा ललित राजवंशीले नियाम तुनलाई आउट गरे ।
सातौ ओभरको तेस्रो बलमा सन्दीप लामिछानेले लिन अंगलाई आउट गरे ।
त्यसपछि नवौ ओभरमा लामिछानेले लगातार तीन विकेट लिए ।
१०औ ओभरमा राजवंशीले तीन विकेट लिए ।

यसरी म्यानमार २९ रनमा अल आउट भयो ।

Share Now

Leave a comment.