Prakash Adhikari October 11, 2018

काठमाडौं,२५ असोज । नेपाली फिल्मको व्यापारमा खडेरी लागिरहेको अवस्थामा बुधवारबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ३’ ले रेकर्ड राख्ने संकेत दिएको छ । प्रदर्शनको पहिलो र दोस्रो दिन सिंगल र मल्टिप्लेक्स स्क्रिनमा हेर्ने दर्शक अत्याधिक देखिएका छन् ।

राजधानीभित्र देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले ३० सो उपलब्ध गराएको थियो । जसमध्ये अधिकांश सो बिहानैदेखि हाउसफुल रहे । काठमाडौं वितरक उज्जवल पौडेलले ‘छक्का पञ्जा ३’ ले बम्पर ओपनिङ गरेको बताउनुभयो । ‘सिंगल होस् वा मल्टिप्लेक्स, फिल्म जताततै हाउसफुल छ’, उहाँले भन्नुभयो ।

उहाँका अनुसार, बिहानदेखि साँझसम्म उपत्यकामा फिल्मको अकुपेन्सी रेट लगभग शतप्रतिशत रहेको छ । ‘ छक्का पञ्जा १ र २ ले भन्दा छक्का पञ्जा ३’ ले राम्रो कलेक्सन गरेको छु वितरक पौडेलले भन्नुभयो, ‘पहिलो दिन ३० लाखसम्म शेयर निर्माताको हातमा पर्न सक्छ ।’ फिल्मको ओपनिङलाई कमेडी जनरा, टिम र हिट फिल्मको सिक्वेलले भरपुर साथ दिएको छ ।

राजधानीका गोपीकृष्ण अष्टनारायण, गुण, गंगालगायतका सिंगल हलमा पनि बिहानैदेखि दर्शकको उपस्थितिमा कमी आएन । फिल्म हेर्ने अधिकांश दर्शकले राम्रो बोलेका छन् ।

सिंगल स्क्रिन जस्तै मल्टिप्लेक्समा पनि फिल्मको विजनेस उत्कृष्ट पाइएको छ । क्युएफएक्ससँगै क्यूज, विएसआर, एफक्यू, विग मुभिज सबैतिर दर्शकको भीड छ । फिल्मले राजधानीबाहिरका नारायणगढ, पोखरा, हेटौँडा, बुटवल, बिर्तामोड सबैतिर उत्तिकै मात्रामा दर्शकको साथ पाएको छ ।

हाँस्य जनराको यस फिल्म हेर्ने दर्शकको तारिफले आउदा दिनको विजनेसमा फाईदा पुग्ने देखिएको छ । लेखक तथा कलाकार दीपकराज गिरीले दर्शकबाट उत्साहजनक प्रतिक्रिया मिलेको बताउनुभएको छ । उहाँले यसअघि ८० प्रतिशत कमेडी र २० प्रतिशत मात्र कन्टेन्टमा काम गरेकोमा यसपटक आधा आधा गरेर कन्टेन्टलाई बढी जोड दिइएको र त्यसलाई दर्शकले रुचाएको बताउनुभयो ।
Image result for chhakka panja 3
बर्ष २०७५ कै बहुप्रतिक्षित फिल्म बनेको ‘छक्का पञ्जा ३ ‘ को ‘ओपनिङ डे’ कलेक्शनले नै हालसम्मको सबै फिल्मको रेकर्ड ब्रेक गर्ने अनुमान छ । फिल्मले पहिलो दिन मात्रै १ करोड २० लाख आसपासको ओपनिङ गर्नसक्ने अनुमान छ । पहिलो दिन फिल्म हेर्ने दर्शक १६(३० वर्ष उमेर समुहका बढी देखिएका छन् ।

दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित दीपिका प्रसाईँ, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइरालालगायतको अभिनय रहेको छ ।

Share Now

Leave a comment.