Prakash Adhikari October 11, 2018

दमौली(तनहुँ),२५ असोज (रासस) । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एक बनाएरअघि बढाउनका लागि नेतृत्वले पार्टीभित्र निश्पक्षतापूर्वक न्याय दिन सक्नुपर्ने बताउनुभएको छ।

नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले पार्टीभित्र न्याय, निष्पक्षता र पारदर्शिताको मूल्याङ्कन हुन आवश्यक रहेको बताउनुभएको हो ।

देशमा जहानीया राणा शासन हटाउन सशस्त्र क्रान्ति गरेको, लोकतन्त्र स्थापना गरेपछि संविधान निर्माण गरी संसदीय निर्वाचन मार्फत देशमा द्धिसदानात्मक संसदीय व्यवस्थाको अभ्यास गरेको र देश विकासको नमूना कार्यक्रम सञ्चालन गरेको ऐतिहासिक पार्टीले लोकतन्त्रको अपहरण भएपछि निरड.कुशताको विरुद्ध निरन्तर लडाई गरेर २०४६ सालको जनआन्दोलनमार्फत त्यसको पुनस्थापना गरेको पनि बताउनुभयो ।

नेता पौडेलले लोकतान्त्रिक व्यवस्थाका विरुद्धमा उभिएका निरडकुश राजतन्त्रको अन्त्य गर्दै हत्या हिंसाको बाटोमा लागेका कम्युनिष्ट शक्तिहरुलाई शान्तिपूर्ण संसदीय राजनीतिको मूलधारमा ल्याउने ऐतिहासिक भूमिका निर्वाह गरेको नेपाली कांग्रेसको नेतृत्वमा संविधानसभाबाट संविधान निर्माण भएर जारी हुनु ऐतिहासिक उपलब्धि भएका बताउनुभयो ।

संविधान जारी भएपछि देखिएका सानातिना कमजारीले पार्टीले गत बर्ष भएका स्थानीय, प्रादेशिक र संघीय संसदका निर्वाचनमा पराजय ब्यहोर्नु परेको उहाँले बताउनुभयो ।

उहाँले नेपाली कांग्रेसको नेतृत्वले पार्टीलाई दुरुस्त र सक्षम र सबल राख्नेतिर कत्तिपनि ध्यान नदिएकोले निर्वाचनमा पराजय भोग्नुपरेको बताउनुभयो।

कार्यक्रममा राष्ट्रियसभाका सांसद प्रकाश पन्थ, सांसदद्वय दोबाटे विक र सरिता गुरुङ, पूर्वमन्त्री अमरराज कैनी, पूर्वसांसद रामचन्द्र पोख्रेल, पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायतले नेपालीहरुको महान चाड बडा दर्श, तिहार, छठ,इर्दको शुभकामना दिनुभएको थियो।

Share Now

Leave a comment.