Prakash Adhikari October 11, 2018

 

काठमाडौं,२५ असोज । नेपाली सेनाले संविधानविरोधी र विखण्डनकारी तत्वको निगरानी भैरहेको बताएको छ ।

बडा दशैंको शुभकामना आदनप्रदान गर्न सैनिक मुख्यालयको आर्मी अफिसर्स क्लबमा बिहीबार आयोजित कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्टिय स्वाभिमान र भौगोलिक अखण्डता सुनिश्चित गर्नु सेनाको परम कर्तव्य भएकोले नेपाली सेना आफ्नो कर्तव्यप्रति सधै सचेत र जिम्मेवार रहदै आएको बताउनुभयो ।

उहाँले संविधानविरोधी र विखण्डनकवादी तत्वहरूका गतिविधिबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौती र खतराहरूलार्इ नेपाली सेनाले सुक्ष्म रूपमा नियालेर निरन्तर मुल्यांकन गरिरहेको बताउनुभयो ।

उहाँले आन्तरिक द्वन्द्वको समाधान राजनीतिक माध्यमबाट गर्नु सही विकल्प भएपनि अरु विकल्पलाई पनि विर्सन नहुने बताउनुभयो ।

उहाँले राष्ट्रिय निर्देशन प्राप्त भए सम्भावित सुरक्षा चुनौती र खतराहरुलाई सम्बोधन गर्न सेना तयार रहेको उल्लेख गर्नुभयो । उहाँले यसै बमोजिम मातहतमा निर्देशन भएको पनि पनि जानकारी दिनुभयो ।

प्रधानसेनापति थापाले सेनाभित्र सदाचार कायम गर्नतर्फ केही सुधार आवश्यक रहेको जवाफ दिनुभयो । उहाँले नेपाली ‘सेनाभित्र भ्रष्टाचार नियन्त्रणको लागि अलग्गै संयन्त्र रहेको पनि दावी गर्नुभयो । भ्रष्टाचारलाई जरादेखि नै उपचार गर्नुपर्ने धारणा राख्नुभयोे ।

भर्ना छनौटदेखि शान्ति सेनामा जाने प्रतिनिधि चयनका विषयमा आएका गुनासाहरु केलाएर ‘त्यसको जरो पहिल्याएर कारबाही सुरु हुने विश्वास पनि दिलाउनुभयो ।उहाँले भन्नुभयो, ‘बाहिर आए जति त होइन तर, केही हदसम्म होला तर ‘त्यसलाई विस्तारै निर्मुल पार्दै लान्छौं ।’

उहाँले नेपाली सेनालाई विकास निर्माणमा लगाउदा सेनाको व्यवसायिक क्षमतामा पर्ने असरका बारेमा सोधिएको प्रश्नलाई अत्यन्तै सहज ढंगले जवाफ दिंदै भन्नुभयो संविधानले तोकेको जिम्मेवारी मात्रै सेनाले लिएको छ र ‘विकास निर्माणमा सेनाको उपस्थिति संविधानले तोकेको जिम्मेवारी नै हो । ’

Share Now

Leave a comment.