Prakash Adhikari September 3, 2026

काठमाडौं, १७ भाद्र ।रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १ हजार २ सय ४ जना जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १ हजार २ सय ४ जना जनाको शव फेला परेको हो। जसमा रसुवामा १ सय  १५, नुवाकोटमा १ सय  ५५, धादिङमा ६०, चितवनमा ३सय ४८, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय १७ र नवलपरासी पश्चिममा २ सय  २ जनाको शव फेला परेको छ।

अहिलेसम्म ९५ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण ४ हजार २ सय  १६ जना सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ९ सय जना, रसुवाका ८ सय  ६५, नुवाकोटका १ हजार ५ सय  ५८ जना रहेका छन्। त्यस्तै, नेपाल सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १४ तथा अध्यागमन कार्यालयका ३ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

यसैगरी ,विदेशी नागरिक ५ सय८३ जना  र नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १ सय ६४ जना नेपाली नागरिक समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। त्यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

त्यसैगरी अहिलेसम्म जनप्रतिनिधि ७ जना, स्थानीय तह वा अन्तर्गतका कर्मचारी ३२ जना र निजी विद्यालयका शिक्षक एक जना सम्पर्कविहिन रहेको प्राधिकरणले जनाएको छ।

त्यस्तै प्राधिकरणले हालसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरेको छ भने बाढीबाट हालसम्म ३ सय १ घाइते भेएकोमा १ सय ९५ जना अस्पतालबाट डिस्चार्ज भैसकेका छन्।

Share Now