Prakash Adhikari September 9, 2026

काठमाडौं, २४ भाद्र । साताको दोस्रो कारोबार दिन नेपालको शेयर बजार ओरालो लागेर बन्द भएको छ ।

पछिल्ला चार कारोबार दिन बढेर शेयर बजार बुधवार भने सामान्य अंक घटेर बन्द भएको हो।

बुधबार धितोपत्र बजार परिसूचक १५.४३ अंक घटेर २५४५.४० विन्दुमा झरेको छ।

धितोपत्र बजार परिसूचक घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत सोमबार ३ अर्ब ८३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ५२ स्टकको १ करोड ९ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्रीबाट ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३९ रुपैयाँ बढेर २९९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन शुभम् पावरको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ।

कारोबारमा आएको इमर्जिङ्ग नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयरमूल्य यस दिन १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४२ करोड ७६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सेन्ट्रल फाइनान्सको १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.३७ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Share Now