हंगकंग, ५ असोज । चीनले समुन्द्रमा बनाएको सबैभन्दा लामो पुलको बुधबार उद्घाटन हुने भएको छ । यो पुल ५५ किलोमिटर लामो छ ।
हंगकंग,जुहाई र मकाउ जोड्ने यो पुल बुधबारदेखि नै सर्वसाधारणको लागि पनि खुला हुनेछ ।
यो पुलले दक्षिणी चीनको समुन्द्रको पर्ल रिभर डेल्टाको पश्चिमी र पूर्वी किनारालाई जोड्नेछ । जुहाई चीनको मुख्यभूमिमा अवस्थित शहर हो भने हंगकंग र मकाउ चीनको विशेष प्रशासकीय क्षेत्र हुन् ।
यो पुल दोहोरो तीन तीन लेनको बनेको छ । यो पुलको निर्माण चीनका प्राविधिकहरुले नयाँ प्रयोग गरेका छन् । यो मार्गलाई समुन्द्रमाथि र मुनिबाट लगिएको छ । यसको लम्समुन्द्रको माथि २२.९ किमी र समुन्द्रमुनि ६.७ किमी लामो सुरुड. छ जसको गहिराई ४४ मिटरसम्म रहेको छ ।
पुलको बाँकी हिस्सा जमीनमा बनेको छ । सुरुड..को दुवैतर्फ कृत्रिम द्धीप बनाइएको छ जुन १० लाख वर्गफुटभन्दा बढी क्षेत्रमा बनेको छ ।
समुन्द्रको तल बनेको सुरुड. ३३ ब्लकको बनाइएको छ ।
हरेक ब्लक ३८ मिटर चौडा,११.४ मिटर उचा र ८० हजार टन तौलको छ ।
यो पुलको निर्माणमा ४ लाख टन स्टील लागेको छ । यसले ८ रेक्टर स्केलको भूकम्प थेग्न सक्दछ ।
हंगकंग अन्तराष्टिय विमानस्थलबाट जुहाई जान अहिले ४ घण्टाको समय लाग्छ तर यो पुलको निर्माणले सो समय छोट्याएको छ अब ४५ मिनेटमा सीमित हुनेछ ।
क्वाई चुड. कन्टेनर पोर्ट हंगकंग र जुहाईकोबीच आउन जान लाग्ने समय अब साढे तीन घण्टाबाट घटेर सबा घण्टा हुनेछ ।
हंगकंग र मकाउ दुवै द्धीप विगतमा युरोपको उपनिवेशमा रहेका थिए । १९९०देखि दुवै द्धिप चीनको नियन्त्रणमा आएका हुन् ।
दुवै द्धीप एक राष्ट दुई प्रणाली अन्तरगत विशेष प्रशासकीय क्षेत्र अन्तरगत चलिरहेका छन र ५० बर्षसम्म चीनबाट स्वतन्त्र रहेर नै प्रशासन चलाउने अनुमति प्राप्त छ ।
यसले तीनै शहरहरुको सम्बन्ध एक घण्टामा कायम गराएको छ । यसले तीनै शहरको आर्थिक विकासमा ठुलो योगदान पुग्ने विश्वास पनि गरिएको छ ।
यो परियोजनाको परिकल्पना २००३ सालमा गरिएको थियो र २००९ सालमा यसको निर्माणको थालनी गरिएको थियो । यसको कुल लागत १२० अर्ब युआन अर्थात १७.३ अर्ब अमेरिकी डलर आएको छ ।
यसको खर्च हंगकंग, जुहाई र मकाऊको सरकार मिलेर उठाइरहेका छन् ।