Prakash Adhikari September 24, 2026

काठमाडौं, ८ असोज । साताको चौथो कारोबार दिन नेपालको शेयर बजार उकालो लागेर बन्द भएको छ । यस दिन धितोपत्र बजार परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ।

यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आज शेयर बजारमा २ सय ७८ कम्पनीको १ करोड ७२ लाख ७० हजार ४ सय ४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।

बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो।

त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १।८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।

Symbol Current Chng Chng %
1,504.77 6.90 0.46
5,444.56 0.73 0.01
2,233.28 2.41 0.10
7,171.19 9.33 0.13
3,603.41 4.77 0.13
96.65 0.10 0.10
11,884.47 83.68 0.70
10,833.44 195.29 1.83
4,558.70 28.07 0.61
19.67 0.08 0.42
9,633.81 -32.19 -0.33
1,830.60 0.85 0.04
3,270.07 31.50 0.97
Share Now