पोखरा(कास्की),२३ असोज । पोखरा महानगरपालिका २८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटना हुँदा ज्यान गुमाएका र घाइतेको पहिचान खुलेको छ ।
ट्युसन पढ्न जाँदै गरेका कक्षा १० का विद्यार्थी सवार बस दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ अन्य २० घाइते भएका छन्।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार दुर्घटनाग्रस्त बसमा २१ जना विद्यार्थी, चालक र अन्य गरी कुल २५ जना सवार थिए ।
अस्पतालका अनुसार घाइते र मृतकहरूको नामावली यस प्रकार छस्
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान -गण्डकी अस्पताल)
मृतकहरूः
१. ममता तिवारी (उमेर अनुमानित १२/१३ वर्ष) – बिहान ८:३५ बजे मृत्यु घोषणा
२. अशिम कँडेल (उमेर अनुमानित १३/१४ वर्ष) – बिहान ८:३५ बजे मृत्यु घोषणा
३. बाबुराम तिवारी (६५ वर्ष, पोखरा-२८) – (उपचारका लागि लिफ्ट मागेका यात्री), बिहान ८:३५ बजे मृत्यु घोषणा
अन्य २ जनाको पहिचान खुल्न बाँकी रहेकाे छ ।
गम्भीर घाइते:
१. अस्मी कँडेल (१५ वर्ष, पोखरा-२८) – टाउको र ढाडमा चोट
मध्यम घाइतेहरू:
२. स्नेहा गौतम (१४ वर्ष, पोखरा-२८) – टाउकोमा चोट
३. सोनिया तिवारी (१३ वर्ष, पोखरा-२८) – टाउकोमा चोट
४. अंकित पराजुली (१३ वर्ष, पोखरा-२८) – टाउकोमा चोट
५. स्मृती खत्री (१५ वर्ष, मादी गाउँपालिका-१२) – टाउकोमा चोट
६. स्नेहा तिवारी (१६ वर्ष, मादी गाउँपालिका-१२) – टाउकोमा चोट
७. आकृती बुढाथोकी (१४ वर्ष, मादी गाउँपालिका-१२) – टाउकोमा चोट
८. मेरिना तिवारी (१५ वर्ष, मादी गाउँपालिका-१२) – टाउकोमा चोट
९. सुप्रिया आचार्य (१४ वर्ष, मादी गाउँपालिका-१२) – टाउकोमा चोट
१०. यमन मगर (१६ वर्ष, मादी गाउँपालिका-१२) – टाउकोमा चोट
११. तुल बहादुर गुरुङ (५७ वर्ष, चालक, पोखरा-१५) – ढाड र छातीमा चोट
गण्डकी मेडिकल कलेज
मध्यम घाइतेहरू (बोल्न सक्ने अवस्थामा):
१. सृष्टि तिवारी (१६ वर्ष, पोखरा-२८ सौर्य, कक्षा १०) – टाउको, दायाँ कुम, कम्मर र दायाँ खुट्टामा चोट
२. शिसन थापा मगर (१६ वर्ष, पोखरा-२८ सौर्य, कक्षा १०) – टाउको, ढाड र दुवै हातमा चोट
३. सौगात तिमिल्सिना (१६ वर्ष, पोखरा-२८ डाँडागाउँ, कक्षा १०) – टाउको, ढाड र दुवै खुट्टामा चोट
उद्धार कार्यमा खटिएका इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत ३१ वर्षीया प्रहरी जवान अर्जुन शाही सामान्य घाइते हुनुभएको छ। उहाँको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ।







