धुलिखेल(काभ्रे) । नेपाल प्रहरीका बहालवाला डीआईजी सुशील भण्डारीको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
उहाँ सवार बा३च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोक,काभ्रेमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको पनि मृत्यु भएको छ ।
पराजुली र कार्कीको घटनास्थलमै मृत्यु भएको हो भने डीआईजी भण्डारीको उपचारको लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले बताएको छ ।
त्यस्तै दुर्घटनामा ३ जना गम्भिर घाइते भएका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।