Prakash Adhikari November 4, 2026

सांघाई(चीन), १७ कार्तिक। चीनको ब्यापारिक शहर सांघाईमा भइरहेको विश्वकप ‘बेल्ट एन्ड रोड’ यु १९ महिला सिरिज अन्तरगत आज निर्धारित नेपाल र चीनबीचको खेल रद्द भएको छ ।

खेल सुरु हुनु अगावै बर्षा भएको र तत्काल रोकिने स्थिति नभएपछि खेल रद्द गरिएको हो ।

खेल रद्द भएसंगै दुवै टोलीले अंक बाडेका छन् ।

यस प्रतियोगिता अन्तरगत हिजो सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ।

थाइल्यान्डले दिएको ३६ रनको सामान्य लक्ष्य नेपालले ९ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

आज अंक बाडिए संगै नेपालले खेलमा तीन अंक बनाएको छ ।

Share Now