Prakash Adhikari November 4, 2026

काठमाडौं, १८ कार्तिक । एनआईसी एशिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकलाई हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले पूर्वस्वीकृति प्रदान गरेको छ। बोर्डले आर्थिक वर्ष २०८३र८४ अन्तर्गत कात्तिक १७ गते बैंकको हकप्रद शेयर निष्कासन प्रस्ताव स्वीकृत गरेको हो।

बोर्डको स्वीकृतिसँगै एनआईसी एशिया बैंकले आफ्ना शेयरधनीहरूलाई १ः०.५० को अनुपातमा अर्थात् हाल कायम दुई कित्ता बराबर नयाँ एक कित्ता हकप्रद सेयर जारी गर्नेछ। यसअनुसार बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याउनेछ। यस निष्कासनमार्फत बैंकले कुल ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको पूँजी परिचालन गर्ने भएको छ।

बैंकको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेडले पाएको छ।

बोर्डको सञ्चालक समितिबाट निर्णय पारित भई यसबारे औपचारिक पत्र जारी हुने क्रममा रहेको छ। नियामकबाट पत्र प्राप्त भएपछि बैंकले शेयर निष्कासनको मिति, बुक क्लोज तथा आवेदन प्रक्रियाको विस्तृत विवरण सार्वजनिक गर्नेछ।

हकप्रद निष्कासनपश्चात् बैंकको पूँजीगत आधार थप मजबुत हुने देखिन्छ।

Share Now