Prakash Adhikari November 1, 2018

काठमाडौं,१५ कार्तिक । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १०० नयाँ गन्तव्यहरु सार्वजनिक गरेको छ ।

मन्त्रालयले बिहिबार सार्वजनिक गरेका ती गन्तव्यहरु ७७ वटै जिल्लामा एक एकवटा गन्तब्य पर्ने गरी राखिएको मन्त्रालयले जानकारी दिएको छ ।

ती क्षेत्रहरुमा आवश्यक पूर्वाधार विकास कार्यक्रम लागू हुने मन्त्रालयको भनाइ छ । ‘पहिला देश अनि विदेश’ भन्ने नारा ल्याएको सरकारले नेपालकै नयाँ गन्तव्यहरुको पहिचान गरी प्रचार प्रसार गर्ने तयारी गरेको हो ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले नेपालका पर्यटकीय क्षेत्रको विकासका लागि नयाँ गन्तव्यहरुको पहिचान गरिएको जानकारी दिनुभएको छ ।

मन्त्रालयले एक प्रदेशमा कम्तीमा पनि १० गन्तब्य पुर्याउने भनिए पनि प्रदेश नं.. ७ मा ९ वटा मात्रै गन्तब्य परेको छ । सबै भन्दा बढी प्रदेश १ र ३ मा १८ गन्तब्य परेको छ भने ४ मा १७, ५ मा १६, प्रदेश २ र ६ मा भने १०÷ १० वटा गन्तब्य रहेका छन् ।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले सूचीमा उल्लेख भएका नयाँ विकास गर्नुपर्ने गन्तव्यहरुमा चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट रकम बाँडफाँट गरिने बताउनुभएको छ ।

नेपाल पर्यटन बोर्डले कम्तीमा पनि १ सय पदमार्ग पहिचान गर्नका लागि यही असारमा आवेदन माग गरेको थियो । सोही माग अनुसार सय गन्तब्यको लागि ६ सय १५ आवेदन परेको थियो । सोही ६ सय १५ आवेदनबाट १०० गन्तब्य पहिचान गरी आज सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् नयाँ गन्तब्य

https://drive.google.com/open?id=1h33VNw8QqFk7L8Go50uF2N19AzYooFra

Share Now

Leave a comment.