Prakash Adhikari December 9, 2017

काठमाडौं, २३ मंसिर । स्ट्याण्डर्ड चार्टर्ड बैंकले शेयरधनीहरुलाई १०० प्रतिशन बोनश शेयर र कर प्रयोजनका लागि ५ दशमलव २६ प्रतिशत नगद लाभांश पनि दिने घोषणा गरेको छ ।

बैंकको मङ्सिर २२ गते बसेको संचालक समितिको ३६२ औं बैठकले सो निर्णय गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

बैंकले गत बर्ष ३३दशमलव ३३प्रतिशत् बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ७५ प्रतिशत नगद लाभांश दिएको थियो ।

हाल बैंकको चुक्ता पुंजी ४ अर्ब १ करोड रहेकोमा शत प्रतिशत बोनसपछि चुक्ता पुंजी ८ अर्ब २ करोड पुग्नेछ ।

पछिल्लो कारोबार बैंकको शेयर मूल्य २ हजार १ सय २० रुपियाँ छ ।

 

 

Share Now

Leave a comment.