क्र सं राजनीतिक दल प्रतिनिधिसभा प्रदेश सभा
१ नेकपा एमाले ७५ १४७
२ नेकपा माओवादी कैन्द्र ३१ ६२
३ नेपाली कांग्रेस १७ ४०
४ संघीय समाजवादी फोरम ८ १९
५ राष्ट्रिय जनता पार्टी ८ १३
६ नयाँ शक्ति १ २
७ राप्रपा १ ०
८ राष्टिय जनमोर्चा १ २
९ नेपाल मजदूर किसान पार्टी ० ०
१० स्वतन्त्र १ ३
काठमाडौं, २५ मंसिर । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका प्रत्यक्षतर्फका सीटमा वाम गठबन्धनले दुईतिहाइ स्थान सहजै हासिल गर्ने देखिएको छ । प्रतिनिधिसभाका १६५ सीट मध्ये बाम गठबन्धनले अहिलेसम्म १०६ स्थानमा विजय हासिल गरिसकेको छ । दुई तिहाईका लागि ११० स्थान आवश्यक हुन्छ । मतगणना जारी रहेका ९ स्थानमा बाम गठबन्धन अगाडि रहेको छ ।
नेकपा एमालेले प्रतिनिधितर्फ ७५ स्थान र प्रदेशसभातर्फ १४७ स्थानमा विजय हासिल गरेको छ। त्यसैगरी माओवादीले प्रतिनिधि सभातर्फ ३२ र प्रदेशसभातर्फ ६२ स्थानमा जित हासिल गरेको छ ।
त्यस्तै प्रदेश सभामा पनि बाम गठबन्धनले २०९ स्थानमा बिजय हासिल गरिसकेको छ । २२ स्थानमा अगाडी देखिएको छ । यस मध्ये एमालेले १४७ स्थान जितिसकेको छ भने १६ स्थानमा अगाडी छ । माओवादी केन्द्रले प्रदेश सभाका ६२ स्थान जितिसकेको छ भने ६ स्थानमा अग्रता लिएको छ ।प्रदेश सभाका ३३० स्थानको दुई तिहाई २२० हुन आउछ ।
नेपाली कांग्रेस प्रतिनिधिसभातर्फ १७ र प्रदेशसभामा ४० स्थान जितेको छ। उ प्रतिनिधिसभाका ४ र प्रदेश सभाका ८ स्थानमा अगाडि बढिरहेको छ ।
संघीय समाजवादी फोरम प्रतिनिधि सभा तर्फ ८ र प्रदेश सभातर्फ १२ स्थानमा विजयी भएको छ। राजपाले ८ प्रतिनिधि सभा र ६ प्रदेशसभातर्फ जित हासिल गरेको छ । नयाँ शक्तिले प्रतिनिधि सभा मा १ र प्रदेश सभामा २ स्थानमा जितेको छ भने राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभामा १ र प्रदेश सभातर्फ २ स्थानमा जित हासिल गरेको छ।