Prakash Adhikari November 3, 2018

 

काठमाडौं, १७ कार्तिक । नेपालको सबैभन्दा पुरानो तथा ब्यापक नेटवर्क भएको वाणिज्य बैंक नेपाल बैंक लिमिटेडमा करिब ४ सय जनालाई रोजगारी खुलेको छ ।

बैंकले कार्तिक १६ गते जारी गरेको विज्ञापन अनुसार बंैकले एकैचोटी ८० जना सहायक प्रबन्धक, २ सय ६७ जना सहायक र ४९ जना कनिष्ठ सहायक माग गरेको छ ।

बैंकले जारी गरेको विज्ञापन अनुसार सहायक प्रबन्धकका लागि वाणिज्यशास्त्र वा अर्थशास्त्रमा स्नातकोत्तर, सहायकका लागि स्नातक र कनिष्ठ सहायकका लागि १२ पास गरेको हुनुपर्दछ ।

उमेरको हकमा सहायक प्रबन्धकका लागि २१ बर्ष पूरा भई ३५ बर्ष ननाघेका र सहायक र कनिष्ठ सहायकका लागि १८ बर्ष पूरा भई ३५ बर्ष ननाघेका उम्मेदवारहरुले आवेदन गर्न पाउनेछन् ।

महिला उमेदवारहरुले भने ४० बर्षसम्मकाले उम्मेदवारी दिन पाउनेछन् । इन्छुक र योग्य उम्मेदवारहरुले मंसिर ६ गतेसम्म आवेदन गर्न सक्नेछन् । आवेदन अनलाईनबाट गर्न सकिने जनाइएको छ ।

पूरा विज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस् :

https://drive.google.com/open?id=1nFiswNFc8yczVtQBIlME_jCWfJCcOjEh

Share Now

Leave a comment.