Prakash Adhikari November 6, 2018

 

पोखरा(कास्की), २० कार्तिक । नेपालको सर्वाधिक पुरस्कार राशीको घरेलु क्रिकेट लिग माािएको पोखरा प्रिमियर लिगको फाइनलमा शरद् भेसवाकरले नेतृत्व गरेको घरेलु टीम पोखरा पल्टन विजेता बनेको छ । मंगलबार पोखरा रंगशालामा भएको फाइनल खेलमा शरद्को पोखरा पल्टनले नेपाली राष्टिय टीमका कप्तान पारस खड्काले नेतृत्व गरेको चितवन राइनोजलाई ३ विकेटले पराजित गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउदै १ सय ६० रन बनायो । चितवनले ९ रनमा पहिलो विकेट गुमायो । हरिशंकर शाह ८ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्काले अनिल शाहसँग उत्कृष्ट साझेदारी गर्दै टिमको पारी सम्हाले ।

यो प्रतियोगितामा खासै राम्रो लयमा नदेखिएका नेपाली राष्टिय टीमका समेट कप्तान रहेका चितवन राइनोजका कप्तान पारसले फाइनलमा उत्कृष्ट पारी खेले । उनले चितवन विरुद्ध ५० रन बनाउदै प्रतियोगितामा पहिलो अर्तशक बनाए । उनको यो अर्धशतकसँगै जारी प्रतियोगितामा अर्धशतक संख्या २१ पुगेको छ ।

उनले ३६ बलमा ९ चौका प्रहार गरे । उनले दोस्रो विकेटका लागि अनिलसँग ७६ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । पारस ५१ रनमा आउट हुँदा चितवनले ८५ रनमा दोस्रो विकेट गुमायो । तेस्रो विकेटका लागि पनि सन्नी पटेल र अनील शाहले ५० रनको साझेदारी गरेपछि चितवन बलियो स्थितीमा पुग्यो । १ सय ३५ रनमा चितवनको तेस्रो विकेट झर्यो ।

अनिलले ३८ बलमा ३ चौका र एक छक्का सहित ३७ रन बनाए ।

फाइनल खेलमा पनि चितवनका तर्फबाट खेल्ने भारतीय खेलाडी सन्नी पटेलले उत्कृष्ट ब्याटिङ गरे । इलिमिनेटर राउण्डमा पनि अर्धशतक बनाउदै टिमलाई फाइनलमा पुर्याएका सन्नीले फाइनलमा पनि ४३ रन बनाए । उनले ३ चौका र ४ छक्का प्रहार गरे । जसका कारण चितवनले १ सय ५७ रनमा चौथो विकेट गुमायो । यस्तै आरिफ शेखले १४ रन बनाए । बलिङतर्फ कृष्ण कार्कीले दुई विकेट लिए ।

जवाफमा पोखराले १९ ओभर दुई बलमा ७ विकेट गुमाउदै पुरा गर्यो । खराव सुरुवात गरेको पोखराले ४ रनमा पहिलो विकेट गुमाएको थियो । उसका ओपनर कुशल भुर्तेल ४ रनमा आउट भए । तर त्यसपछि आशिफ शेख र रवीइन्दर सिंहले दोस्रो विकेटका लागि ६१ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । आशिफ सेख १२ रनमा आउट भएपछि पोखराले ६५ रनमा दोस्रो विकेट गुमायो ।

त्यसपछि मोहम्मद नाभिद २५ रनमा आउट भएपछि पोखराले ९८ रनमा तेस्रो विकेट गुमायो । चौथो विकेटका लागि पनि कप्तान शरद भेसवाकर र रवी इन्डरले अर्धसतकीय साझेदारी गर्दै टिमलाई विजयको संघारमा पुर्याए । शरद भेसवाकर २२ रनमा आउट भएपछि पोखराले १ सय ४८ रनमा चौथो विकेट गुमायो । लगत्तै रोहित पौडेल पनि खाता खोल्न नपाउदै आउट पाँचौ विकेट गुमायो ।

अन्तिमसम्म क्रिजमा टिकेका रवीइन्दरले ९० रनमा आउट भएपछि १ सय ५७ रनमा पोखराको छैटौ विकेट झर्यो । उनले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गरे । अन्तिममा १० रन जोड्दा पोखराले चार विकेट गुमाउन पुग्यो । अन्तिम ओभरमा जितका लागि चार रन आवश्यक रहेकोमा पोखराका विनोद भण्डारीले चौका प्रहार गरेर आवश्यकता पूरा गर्दै टीमलाई उपाधिको दिलाए ।

विजेता पोखरा पल्टनले यो विजयसंगै २७ लाख नगद, ट्र्फी र थुप्रै उपहार प्राप्त गरको छ ।

Share Now

Leave a comment.