Prakash Adhikari November 6, 2018

 

पोखरा(कास्की),२० कार्तिक । नेपालको सर्वाधिक राशीको घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई आयोजकहरुले उत्कृष्ट खेलाडीका रुपमा प्रोत्साहन पुरस्कार र प्रमाणपत्रले सम्मानित गरेका छन् ।

प्रतियोगितामा चितवन राइनोजका करण केसीले बेष्ट बलरको सम्मान पाए । उनले प्रतियोगितामा कुल १२ विकेट लिएका थिए । जसमा उनको उत्कृष्ट बलिङ १९ रनमा तीन विकेट थियो ।

यस्तै बेष्ट ब्याट्सम्यान काठमाडौ रोयल्सका गौरव तमोर बने । काठमाडौ रोयल्सबाट पीपीएल खेलेका उनले ६ खेलमा २ सय १२ रन बनाएका थिए । जसमा ३ अर्धशतक थियो ।
बेष्ट बलर र ब्याट्सम्यान दुबैलाई एक एक थान मोटरसाइकलबाट पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा मोष्ट भ्यालुयबल खेलाडी पोखरा पल्टनका ललित राजंवशी बने । उनले प्रतियोगितामा १० विकेट लिएका थिए । उनले १ लाख १ हजार रुपैया पुरस्कार पाए ।

प्रतियोगिताको इमर्जिङ खेलाडी पोखरा पल्टनका रासिद खान बने । उनले ५१ हजार रुपैया पुरस्कार प्राप्त गरे । यु–१९ क्रिकेट टिमका खेलाडी रासिदले प्रतियोगितामा ७ विकेट लिएका थिए ।

प्रतियोगिताका बेष्ट खेलाडी चितवन राइनोजका सन्नी पटेल बने । उनले बलिङ र ब्याटिङ दुबैमा चमत्कार देखाए सन्नी विदेशी खेलाडी हुन् । उनले बलिङमा उनले ६ खेलमा १० विकेट लिए भने ब्याटिङमा १ सय ९४ रन बनाए । उनलाई पनि एक थान मोटरसाइकल पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।

Share Now

Leave a comment.