Prakash Adhikari November 12, 2018

इस्लामाबाद(पाकिस्तान), २६ कार्तिक । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने र सोमपाल कामीको नाम २०१९ फेब्रुवरीमा आयोजना हुने पाकिस्तान सुपर लिग ( पीएसएल टी -२० ) प्रतियोगिताको ड्राफ्टमा समेटिएको छ ।

लिगको ड्राफ्टबाट यही नोभेम्बर २० तारिकमा टिमहरुले खेलाडी छान्ने बताइएको छ।

सन्दीप लामिछानेले विगत एक बर्षदेखि विदेशका धेरै लिगहरुको अक्सन र ड्राफ्टमा अवसर पाएर खेल्दै पनि आएका छन् । सोमपालले भने अफगानिस्तान प्रिमियर लिग पछि दोश्रो पटक लिगको ड्राफ्टमा पर्ने मौका पाएका हुन् । अफगानिस्तान प्रिमियर लिगको सेप्टेम्बरमा भएको ड्राफ्टमा सन्दिप सहित, सोमपाल कामि र पारस खड्का समेत थिए जसबाट सन्दिपमात्रै छानिएका थिए।

पाकिस्तान सुपर लिगमा सन्दिप लामिछाने बिदेशी खेलाडी अन्तर्गत गोल्ड श्रेणीमा रहेका छन् भने सोमपाल बिदेशी खेलाडी कोटाको सिल्भर श्रेणीमा रहेका छन् । सन्दिपको श्रेणीका खेलाडीले न्यूनतम् ५० हजार डलर तथा सोमपालको श्रेणीका खेलाडीले न्यूनतम् २२ हजार डलर पारिश्रमिक पाउने अनुमान गरिएको छ ।

सन्दीप रहेको गोल्ड श्रेणीका विदेशी खेलाडीमा सिकन्दर राजा, उपुल थारंगा, मार्लन स्यामुएल्स, केभिन ओ ब्रायन, रभी बोपारा, स्टेभेन फिन, आन्द्रे फ्लेचर, जेम्स भिन्स, ब्रेन्डन टेलर जस्ता खेलाडीहरु रहेका छन्।

PSL 4 Draft Players List

Platinum Category Pakistan Players: Faheem Ashraf, Shadab Khan, Shahid Afridi, Mohammad Aamir, Babar Azam, Fakhar Zaman, Shoaib Malik, Mohammad Irfan, Mohammad Hafeez, Kamran Akmal, Wahab Riaz, Hassan Ali and Sarfraz Ahmed

Platinum Category Overseas PlayersAB de Villiers, Steve Smith, Chris Lynn, Brendon McCullum, Colin Munro, Luke Ronchi, Dwayne Bravo, Sunil Narine, Kieron Pollard, Imran Tahir, Colin Ingram, Mitchell McClenaghan, Thisara Perera, Rashid Khan, Corey Anderson

सोमपाल रहेको सिल्भर श्रेणीमा दसुन शनाका, रोहन मुस्तफा, पिटर बोरेन, अफताब आलम, इम्रुल केयस, अंशुमन रथ, नजीबुल्लाह जाद्रान, सौम्य सरकार, केल कोट्जर, जिभन मेंडीस, बाबर हायात जस्ता विदेशी खेलाडीहरु रहेका छन्।

पाँचौ संस्करणको पाकिस्तान प्रिमियर लिगको ड्राफ्ट नोभेम्बर २० मा पाकिस्तानको इश्लामबादमा हुनेछ। लिगको प्रत्येक टिममा कुल १६ जना खेलाडीहरु हुनेछन्।

लिगमा कुल ६ वटा टिम सहभागी छन् जसमा लाहोर कलन्दर्स, क्वेटा ग्ल्याडिएटर्स, कराँची किंग्स, पेशेवर जाल्मी, इश्मलामाबाद युनाइटेड रहेका छन् भने अर्को १ टिमको निर्क्योल हुन् बाँकी छ।लिगको यस अघि २०१८ को संस्करण उपाधि इश्लामबाद युनाइटेडले जितेको थियो जुन टिम ड्यारेन सामीको कप्तानीमा रहेको थियो।

नेपाली खेलाडी सन्दिप लामिछाने यस अघि इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग क्यानडा, अफगानिस्तान प्रिमियर लिगमा खेलिसकेका छन् भने यसै महिना नोभेम्बर २३ देखि युएईमा आयोजना हुने टि-१० लिग र डिसेम्बर १९ देखि आयोजना हुने चर्चित अस्ट्रेलियन लिग बिग ब्यास लिग तथा ५ जनवरी देखि आयोजना हुने बंगलादेश प्रिमियर लिग खेल्न समेत छनौट भइसकेका छन्।

इन्डियन प्रिमियर लिगमा सन्दिप २० लाख भारतीय रुपैयाँमा अनुबन्धित भएका थिए भनेक्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए। यस्तै अफगानिस्तान प्रिमियर लिगमा उनले १५ हजार डलर तथा टि-१० लिगमा ३० हजार डलर मूल्य पाएका थिए। बिग ब्यास लिगमा सन्दिपले ६०-७० हजार डलर पाउनेछन्।

आईपीएलको पछिल्लो संस्करणमा दिल्लीबाट खेलेका सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि(२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका थिए। अफगानिस्तान प्रिमियर लिगमा नगरहर लिओपार्डको लागि खेलेको १ मात्र खेलमा सन्दिपले २ विकेट लिएका थिए।

युएई टि-१० लिगमा सन्दिप केरला किंग्सको लागि, बिग ब्यास लिगमा मेलबर्न मेलबर्न स्टारको लागि तथा बंगलादेश प्रिमियर लिगमा स्यलहेट सिक्सर्सको लागि खेल्नेछन्।

Share Now

Leave a comment.