काठमाडौं, २७ कार्तिक । अन्तर्राष्टिय क्रिकेट काउन्सिल(आइसीसी)ले सार्वजनिक गरेको विश्व टी–२० को नयाँ बरियतामा नेपालका तीन खेलाडी शिर्ष १०० भित्र पर्न सफल भएका छन ।
विश्व वरियतामा पर्नै नेपाली खेलाडीहरुमा नेपाली राष्टिय टीमका कप्तान पारस खड्का सोमपाल कामी र बसन्त रेग्मी रहेका छन् ।
यसअघि शीर्ष १०० मा परेका शरद भेषवाकर बाहिरीएका छन् । नयाँ बरियता अनुसार अलराउण्डमा पारस ४१ औं स्थानमा छन भने सोमपाल ६४ औं स्थानमा छन् ।
नेपालका कप्तान पारस खड्का ब्याटिङमा ९३ औं स्थानमा छन् ।
शरदले आफ्नो बरियता गुमाएका छन । उनलाई भारतीय खेलाडी रिशव पन्तले विस्थापन गरेका छन् ।
यस्तै टी–२० को बलिङतर्फ बसन्त रेग्मी केहि स्थान तल झर्दै ७५ औं स्थानमा पुगेका छन भने सोमपाल कामी ९४ औं स्थानमा यथावत रहेका छन् ।