काठमाडौं,२ मंसिर । सामुदायिक लघुवित्तले आज आइतबार मंसिर २ गतेदेखि ३ लाख कित्ता आइपीओ खुला भएको छ ।
कुल निष्कासन गरिने आइपीओ मध्ये १२ हजार कित्ता सेयर कर्मचारी र १५ हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । यसबाट बाँकी रहेको २ लाख ७३ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला हुनेछ ।
सामुदायिकको आइपीओ मंसिर ५ गतेसम्म बिक्री खुला हुनेछ । तोकिएको समयमा आवश्यक मात्रमा आवेदन नपरेमा भने पुस ९ गतेसम्म भर्न सकिनेछ ।
लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम १५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आइपीओमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । सामुदायिकले आइपीओ बिक्री गरी चुक्ता पुँजी १० करोड रुपैयाँ पुर्याउनेछ ।
कम्पनीले आव २०७५।७६ मा १ करोड ९० लाख, आव २०७६।७७ मा २ करोड ५५ लाख र आव २०७७।७८ मा ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।
कम्पनीले चुक्ता पुँजी वृद्धि गर्दै लैजाने योजना पनि बनाएको देखिन्छ । आव २०७६।७७ मा १५ करोड ४० लाख र आव २०७७।७८ मा २३ करोड १० लाख रुपैयाँ पुर्याउने योजना सार्वजनिक गरेको छ ।


















