मुम्बई(भारत),२ मंसिर(बीबीसी) । इटलीमा विवाह गरेपछि दीपिका पादुकोण र रणवीर सिंह भारत फर्किएका छन्।
आइतवार मुम्बइ फर्किएको यो जोडीलाई उनीहरूका प्रशंसकले दिएको बधाईका लागि उनीहरूले धन्यवाद दिएका छन्।
https://www.instagram.com/p/BqT4VkeAvC5/?utm_source=ig_web_button_share_sheet
यो जोडीको बुधवार इटलीको लेक कोमोमा कोंकणी रीतिरिवाज अनुसार विवाह सम्पन्न भएको थियो।
भारत फर्किएको यो नवविवाहित जोडीले पहिले विमानस्थल र पछि उनीहरूको अपार्टमेन्टबाट आफ्ना प्रशंसकहरूलाई अभिवादन गर्दै तस्बिर पनि खिचाएका थिए।
विवाहको व्यापक चर्चा किन?
बलिउडको बहु-प्रतिक्षित विवाह मध्येको एक दीपिका-रणवीरको विवाह एउटा नीजि समारोहका माझ भएको थियो जहाँ घरपरिवारका सदस्यहरू र केही विशेष साथीहरूलाई मात्र निमन्त्रणा दिइएको थियो।
विवाहको पहिलो तस्बिर रणवीर सिंहले सामाजिक सञ्जालमा राखेका थिए।
रणवीर सिंहले आफ्नो ट्वीटरमा विवाहका दुईवटा तस्बिर राखेका थिए।
https://www.instagram.com/p/BqUeYWnBWjk/
दीपिकाले भने इन्स्टाग्राममा विवाहको तस्बिरहरू राखेर विवाह सम्पन्न भएको सूचना दिएकी थिइन्।
रणवीरले ट्वीट गरेको पहिलो तस्बिरमा उनले रातो रङको शेरवानी लगाएको देखिएको थियो र दीपिकाले पनि रातो रङको लेहेंगा लगाएकी थिइन्।
यो तस्बिरमा रणवीरले दीपिकालाई एकदम नजिकबाट हेरिरहेका थिए भने दीपिका शिर निहुराएर आफ्नो हातलाई बाँधेर बसिरहेको देखिएको छ।
रणवीर र दीपिकाको विवाहलाई लिएर सुरूदेखिनै निकै चर्चा चलेको थियो।

प्रेम सम्बन्ध
गत महिना यो जोडीले आफ्नो विवाहको मिति उल्लेख भएको एउटा कार्ड सार्वजनिक गरेका थिए।
उक्त कार्डको विशेषता भनेको त्यो हिन्दी र अङ्ग्रेजी दुवैमा लेखिएको थियो।
चलचित्र उद्योगसँग जोडिएका मानिसहरूका अनुसार यी चर्चित जोडीबीचको प्रेमसम्बन्ध ‘गोलियों की रास लीला- रामलिला’ चलचित्रबाट सुरू भएको हो।
त्यसपछि रणवीर सिंह र दीपिका पादुकोण थुप्रै चलचित्रमा एकै साथ देखा परेका छन् जुन बक्स अफिसमा निकै चर्चित पनि भए।
उनीहरूले अभिनय गरेका चर्चित चलचित्रहरूमध्ये ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ हुन्।
https://www.instagram.com/p/BqVA9h3HL7k/
बाजीराव मस्तानीमा दुवैबीचको ‘केमेस्ट्री’लाई लिएर चलचित्र समीक्षकहरू र अरूबाट पनि धेरै प्रशंसा भएको थियो।
यस बाहेक सबै चलचित्र समारोहमा पनि रणवीर सिंह र दीपिका शान्त प्रकृतिका देखिन्थे।
दुवै जोडीलाई चलचित्र क्षेत्रका मानिस र उनका शुभचिन्तकहरूले आ-आफ्नै ढङ्गबाट बधाई दिइरहेका छन्।


















