Prakash Adhikari November 18, 2018

विराटनगर(मोरड.),२ मंसिर । कोइराला परिवारका त्रय नेता डा.शशांक ,डा शेखर र सुजाता कोइरालाले नेपाली कांग्रेसको साख पुनस्थापना गर्नका लागि तीन जना एकताबद्ध भएर लाग्ने बताउनुभएको छ ।

जीपी कोइराला फाउन्डेशनको प्रदेश नं १ स्तरीय कार्यालयको स्थापना गर्न आइतबार विराटनगरमा आयोजित कार्यक्रममा कार्यकर्ताहरुले एउटै फूलको मालामा बाँँधेर उनीहरुलाई एकताबद्ध हुन प्रेरित गरेका थिए ।

पार्टी आसन्न महासमितिको पूर्व सन्ध्यामा तीनै नेताले एक भएको घोषणा गरेपछि कांग्रेसको राजनीतिमा तरंग फैलिएको छ । यो अभूतपूर्व एकताले कांग्रेसको १४औं महाधिबेशनमा कोइराला परिवारबाट एक जना सभापतिको लागी सर्वसम्मत उम्मेदवार बन्न सक्ने संकेत गरेको छ ।

कार्यक्रममा कांग्रेसका महामन्त्री डा.शशांकले पार्टीको हितको लागि कोइराला परिवारको तर्फबाटआफूले जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनुभयो ।

डा.शशांकले कोइराला परिवार एकताबद्ध रहेको बताउदै भन्नुभयो, हामी एक छौ , हिजो पनि थियौ , आज पनि छौ र भोली पनि एक हुन्छौ , उहाँले थप्नुभयो ,“ हामी फुटदैनौ पनि छुटिदैनौ पनि । त्याग गर्न मलाई मेरा वुवा वीपी कोइरालाले सिकाउनु भएको छ ।”

कार्यक्रममा डा शेखरले लोकतान्त्रिक शासन पद्धतिका माध्यमबाट जनलाई सुखी र समृद्ध बनाउने पुर्खाहरूको सपना पूरा गर्ने दायित्व कोइराला परिवारका तीन नेताको काँधमा आइपुगेको उल्लेख गर्दै यसमा सम्पूर्ण कार्यकर्ताको सहयोग आवश्यक रहेको बताउनुभयो ।

जीपी कोइराला फाउन्डेशनकी अध्यक्ष सुजाताले कोइराला परिवार बलियो बन्दा कांग्रेस बलियो हुने बताउदै पार्टीलाई पुरानै स्थितिमा फर्काउन पनि कोइराला परिवारबाट पार्टीको नेतृत्व हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल , आमन्त्रित सदस्य हसन अन्सारी , नेविसंघका केन्द्रीय सभापति रञ्जित कर्ण , मोरङका, सुनसरी र पाँचथरका जिल्ला सभापति क्रमश डिगबहादुर लिम्वू , राजिब कोइराला र नरेन्द्र केरूड, नेता पदमनारायण चौधरी , सांसद लक्ष्मण मेहता र विराटनगरका मेयर भीम पराजुलीले पनि बोल्नुभएको थियो ।

कार्यक्रम जीपी कोइराला फाउन्डेशन प्रदेश न १ का अध्यक्ष इन्दिरा थापाको सभापतित्वमा समपन्न भएको थियो ।

Share Now

Leave a comment.