काठमाडौं, २ मंसिर । नेपाली किशोर क्रिकेटर सन्दीप लामिछाने यही नोभेम्बर २१ तारिक देखि युनाइटेड अरब इमिरेट्समा सुरु हुने टि(१० लिग प्रतियोगितामा खेल्नका लागि आइतबार राती युएई प्रस्थान गरेका छन्।
Off to Abu Dhabi 🇦🇪 for @T10League ! Do support our team @KeralaKingsT10 . Cheers !! pic.twitter.com/brqjRY5eV7
— Sandeep Lamichhane (@Sandeep25) November 18, 2018
सन्दीप इतिहाद् एअरवेजबाट आइतवार बेलुका ९ बजेर १० मिनेटमा प्रस्थान गरेका हुन् ।
अबुधावी प्रस्थान गर्नुअगाडि उनले ट्विटरमार्फत आफू टी- १० क्रिकेट प्रतियोगिताको लागि अबुधावी जान लागेको बताउदै आफ्नो टीम केरला किंग्सलाई समर्थन गर्न आफ्ना शुभेच्छुकहरुलाई आग्रह गरेका छन् ।
सन्दीपलाई भारतको केरला किंग्सले आफ्नो टोलीमा लिएको छ ।
सन्दीपको टोली करेला किंग्सले आफ्नो पहिलो खेल नोभेम्बर २१ तारिकमा खेल्नेछ ।
खेलमा समूह ए मा कराचियन्स,केरला किंग्स्, पख्तुन र राजपूतस् छन् भने समूह बी मा बंगाल टाईगर्स, मराठा अरेबियन्स, नर्दन वारियर्स र पञ्जाब लिजेन्ट्स रहेका छन् । सन्दीप रहेको केरला किंग्स्ले २१ नोभेम्बरमा पख्तुन, २२ नोभेम्बरमा कराचियन्स र २५ नोभेम्बरमा राजपुतस्को सामना गर्नेछ ।
प्रतियोगिताका दोस्रो चरणका खेलहरु २६ नोभेम्बरदेखि ३० नोभेम्बरसम्म हुनेछन भने १ डिसेम्बरमा क्वाटर र इलिमिनेटर फाइनल हुनेछन् । २ डिसेम्बरमा तेस्रो स्थानको प्लेअफ र फाइनल खेलको निर्धारण गरिएको छ ।
टि-१० लिगका लागि गत महिना सम्पन्न अक्सनमा नेपाली स्पिनरलाई करेला किंग्सले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो।
इन्डियन प्रिमियर लिग -आइपिएल_ क्रिकेटमा दिल्ली डेयरडेभिल्सको प्रतिनिधित्व गरेपछि अन्तर्राष्ट्रिय टि-२० लिगहरुमा सन्दिप लगातार खेलीरहेका छन्। टि-१० खेल्न अघि सन्दिपले इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग , ग्लोबल टि-२० लिग क्यानडा र अफगानिस्थान प्रिमियर लिग खेलिसकेका छन्।
Sandeep Lamichhane arrived at #CPL18 and it didn’t take him long to fit in at the #BiggestPartyInSport #Dab #CricketPlayedLouder pic.twitter.com/in6A1Qy7vL
— CPL T20 (@CPL) November 17, 2018
टि-१० लिगको लागि युएई प्रस्थान गर्नु अघि शनिबार एक कार्यक्रममा सन्दिपले टि-१० सबैभन्दा छोटो फर्म्याटको लिग भएको र मात्र २ ओभर बलिङ्ग गर्न पाइने जुन डेथ ओभरमा बलिङ्ग गरे जस्तो हुने बताएका थिए।
“ठुलो खेलाडीसंग खेल्दा पनि जिरो बाट सुरुवात गर्नुपर्ने हुन्छ, उत्साहित छु फेरी टि-१० लिगमा मौका पाएको छु र आशावादी छु कि पुनः राम्रो प्रदर्शन गर्नेछु”
सन्दिपको टिम केरला किंग्समा इंग्ल्याण्ड क्रिकेट टिमका कप्तान समेत रहेका अवेन मोर्गन आइकन खेलाडी र कप्तान रहेका छन्। यस्तै टिममा क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ्ग, मोहम्मद नाभेद जस्ता खेलाडीहरु रहेका छन्। किंग्सको प्रशिक्षण प्रसिद्ध न्युजिल्यान्ड पुर्व क्रिकेटर ड्यानियल भिटोरीले गर्नेछन्।
टि-१० स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने १० ओभरको क्रिकेट प्रतियोगिता सन् २०१७ बाट सुरु भएको हो। प्रतियोगितामा किंग्ससंगै मराठा अरबियन्स, पख्तुन, पन्जाबी लेजेंड्स, कराँचीयन्स, बेंगल टाइगर्स, नर्दन वारियर्स र राजपुत्स गरी ८ टोलिको सहभागिता रहेकको छ।
टि(१० लिग युएई प्रस्थान गर्नु अघि शनिवार आयोजित पत्रकार सम्मेलनमा सन्दिपले पोखरा प्रिमियर लिगका दौरान अम्पायरसंग भएको घटनाका बिषयमा बोल्दै माफि समेत मागेका थिए।
सूट दयाट फिट्सले सन्दिप लामिछानेलाई ब्रान्ड एम्बासडर घोषणा गर्ने कार्यक्रम थियो। कार्यक्रम पछि पत्रकारहरुसंग सन्दिपले आगामी प्रतियोगिता र पिपिएल घटनाबारे खुलेर बोलेका थिए।
टि-१० लिगमा सहभागी भएपछि सन्दिप डिसेम्बर ८ देखि काठमाडौँमा सुरु हुने एभरेस्ट प्रिमियर लिग टि-२० खेल्न आउने छन्। इपिएलमा सन्दिप ललितपुर प्याट्रीएट्स टिममा रहेका छन्।
डिसेम्बर १९ देखि फेब्रुवरी १७ सम्म चल्ने चर्चित अस्ट्रेलियन लिग बिग ब्यास पनि सुरु हुने हुँदा इपिएलमा सन्दिपले पहिलो २ वटा खेल मात्रै खेल्न भ्याउने सन्दिपले जानकारी गराएका छन्। सन्दिप बिग ब्यास लिगमा मेलबर्न मेलबर्न स्टारको लागि तथा बंगलादेश प्रिमियर लिगमा स्यलहेट सिक्सर्सको लागि खेल्नेछन्।
इन्डियन प्रिमियर लिगमा सन्दिप २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका थिए भने आगामी संस्करणमा पनि दिल्लीले सन्दिपको सम्झौता नवीकरण गरिसकेको छ। नवीकरण पछि दिल्लीले केहि प्रतिशतमात्र रकम वृद्धि गर्नसक्ने सन्दिपले बताएका छन्।


















