Prakash Adhikari December 15, 2017

काठमाडौं, २८ मंसिर । अन्तर्राष्ट्रिय क्रिकेटको नियमनकारी संस्था अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपालको एभरेस्ट प्रिमियर लिग (इपीएल) लार्ई मान्यता प्रदान गरेको छ ।

घरेलु क्रिकेट प्रतियोगिता आयोजना गर्न पनि आइसीसीको मान्यता हुनुपर्ने र आइसीसीको मान्यता प्राप्त नेपाल क्रिकेट संघ निलम्बनमा रहेकोले आइसीसीले नेपालका आन्तरिक प्रतियोगितहरुलाई सुचारु राख्न इपीएललाई मान्यता प्रदान गरेको हो ।

आइसीसीको मान्यताले घरेलु प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटरहरु पनि इपीएलमा सहभागी हुने बाटो खुलेको छ । मान्यता लिनको इपीएलले आइसीसीलाई २० हजार डलर शुल्क समेत बुझाएको छ । यो मान्यता एक वर्षका लागि मात्र हुनेछ ।

आइसीसीले २०७३ वैशाखमा नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेको थियो । आन्तरिक विवादका कारण क्यान निलम्बनमा परेपछि आइसीसीले नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आइरहेको छ ।

Share Now

Leave a comment.