Prakash Adhikari December 15, 2017

लण्डन(संयुक्त अधिराज्य), २८ मंसिर । स्वस्थ सन्तान प्राप्तिको व्यग्र प्रतिक्षामा रहेका बेलायती दम्पती नमी फिन्ड्ले र डीन विकिन्स गर्भाधारणको १६ हप्तामा बडो बेचैनीमा परे ।
स्वास्थ्य परीक्षण गराउदा गर्भस्थ शिशु असाधारण अवस्थामा जीवन संघर्ष गरिरहेको उनीहरुले थाहा पाए।चिकित्सकले बच्चीको मुुटु शरीरको बाहिरी भागमा रहेको र गर्भमा रहेका लाखौं बच्चामध्ये केहीमा मात्र यो समस्या देखिने जानकारी गराए। चिकित्सकले यो दम्पत्तीलाई गर्भपतन गराउन सल्लाह दिएका थिए तर शिशुको आकार ठूलो भैसकेकोले उनीहरुले मानेका थिएनन्।

यस्तै अस्वस्थ अवस्थामै तीन हप्ताअघि शिशुले बेलायतको ग्लिन फिल्ड हस्पिटलमा जन्म लिइन्। उनको नाम भ्यानेलोपीे राखियो। एक्टोपिया कोर्डिस नामक दुर्लभ अवस्थासँग संघर्ष गरिरहेकी भ्यानेलोपीको तीन पटक शल्यक्रिया पश्चात बाहिरै रहेको मुटु छातीभित्र राखिएको छ। लामो शल्यक्रियापछि उनको अवस्था सामान्य छ। यस्तो जटिल अवस्थाबाट बचेकी भ्यानेलोपीे बेलायतमा एकमात्र हुन सक्ने बताइएको छ। अस्पतालका अनुसार भविष्यमा उनको अझै एउटा अप्रेसन गर्नुपर्ने हुन्छ।

भ्यानेलोपीे जन्मिदा विशेषज्ञ डाक्टरसहित करिब ५० जना स्वास्थ्यकर्मीको उपस्थिति थियो भने करिब ५० मिनेटपछि उनको मुटुको शल्यक्रिया भएको थियो। मुटुरोग विशेषज्ञ फ्रान्सिस बुलोकले भने, ‘सुरुमा बच्चीको अवस्था त्यती राम्रो थिएन, शल्यक्रियापछि उनी धेरै नै आशलाग्दी भएकी छिन्।’

सन् २०१२ मा अमेरिकाको टेक्सासमा सोही अवस्थाको एन्ड्रिना कार्डेस्स नामक बच्चाको जन्म भएको थियो। करिब तीन महिना उपचारपछि उसलाई अस्पतालबाट घर लैजान अनुमति दिइएको थियो।

Share Now

Leave a comment.