Prakash Adhikari November 27, 2018

काठमाडौं, ११ मंसिर । मङ्गलवार सरकारले सामाजिक सुरक्षा योजना लागु भएको घोषणा गर्दै गर्दा सामाजिक सञ्जालमा भने भड्किलो प्रचार गरेको भनेर प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको आलोचना भएको छ।

‘सामाजिक सुरक्षा कोष, नेपाल’को औपचारिक घोषणा गर्ने दिन राजधानी काठमाण्डूबाट बिहान प्रकाशित हुने सबै राष्ट्रिय दैनिकका पहिलो र दोस्रो पृष्ठमा प्रधानमन्त्री ओली र श्रम, रोजगार, तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टका तस्बिरसहित विज्ञापन छापिएको थियो।

सरकारले सो योजनालाई ‘नयाँ युगको शुरुवात’ का रूपमा प्रस्तुत गर्दै काठमाण्डूका विभिन्न स्थानमा प्रधानमन्त्रीको तस्बिर भएको पोस्टर पनि टाँगेको छ।

त्यसैप्रति कटाक्ष गरेर धेरैले ओलीलाई नयाँ उपनाम दिएका छन्।

له ټویټر تېر شئ

 

पत्रकार विजयकुमार पाण्डेले उक्त योजनाको प्रचारप्रति व्यङ्ग्य गर्दै सबैलाई ‘बधाई’ दिएका छन्।

 

पोल्बा (भनेको पोल पोलमा ८ करोडको पोष्टर टॉस्ने) बनाऊने निर्णय पहिलेको सरकारले गरेको भनेर कसैले जोडदार तर्क पेस गर्यो कि छैन?

पत्रिकामा तस्बिर छापिएपछि फेरि अर्को नाम दिनुपर्ने हो कि भनेर ठट्टा पनि गरिएको छ।

 

https://twitter.com/IsarojB/status/1067241681307627520

 

तर सामाजिक सञ्जालमा सरकारले ल्याएको सामाजिक सुरक्षा योजनाले सर्वसाधारणलाई फाइदा पुग्ने टिप्पणी पनि देखिएका छन्।

कसैकसैले सरकारको आलोचना गर्नेलाई व्यङ्ग्य पनि गरेका छन् र दुई पक्षबीच जुहारी पनि चलेको छ।

https://twitter.com/hklaudari/status/1067367872660467712

एक जनाले त यो प्रचार भ्रष्टाचार पो हो कि भन्ने संशय व्यक्त गरेका छन्।

प्रमुख प्रतिपक्षी दलका एक नेताले प्रधानमन्त्री ओलीलाई उनले अघिल्लो कार्यकालमा तुइन हटाउने घोषणा सम्झाउन खोजेका छन्।

 

पूर्वसचिव मधुरमण आचार्यले यो प्रचारबाजीलाई ‘अहमत्याइँ’ र ‘शक्ति दुरुपयोग’को रूपमा अर्थ्याएका छन्।

له ټویټر تېر شئ

 

सामाजिक सुरक्षा योजनाबारे केही उल्लेख नगरीकनै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले अर्थपूर्ण रूपमा ‘उद्देश्यको पवित्रतासँगै साधनको पवित्रता भयो भने सुनमा सुगन्ध हुनेछ’ भनेर लेखेका छन्।

उक्त योजनालाई उचित मान्ने विवेकशील साझा पार्टीका नेता तथा पूर्वाधारविज्ञ सूर्यराज आचार्यलाई प्रचारबाजी भने चित्त बुझेको छैन।

बीबीसी

Share Now

Leave a comment.