Prakash Adhikari November 27, 2018

 

काठमाडौं, ११ मंसिर । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयरमा आवेदन दिने सम्पूर्ण वैध लगानीकर्ताले शेयर पाएका छन्। बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलका अनुसार योग्य आवेदक सबैले ४० कित्ता पाएका हुन्।

बिक्री प्रबन्धकका अनुसार ३ लाख ३९ हजार ७ सय ७५ जना लगानीकर्ताले आवेदन दिएका थिए। त्यसमध्ये ३ लाख ३४ हजार ७५ जना आवेदक मात्रै योग्य ठहरिएका थिए।

आवेदन दिएकामध्ये ५७ सय जना आवेदक दोहोरिएका थिए। उनीहरुलाई अयोग्य ठहर गरिएको थियो।

योग्य आवेदकलाई ४० कित्ताका दरले शेयर बाँडफाँट गरेपछि बाँकी रहेको १ लाख ७२ हजार ७ सय ७५ कित्ता शेयर १ लाख ७२ हजार जनालाई गोलाप्रथाबाट थप १० कित्ता दिइएको छ। उनीहरुले कूल ५० कित्ता शेयर पाएका छन्।

माथिल्लो जलविद्युत कम्पनीले १ करो८ ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। त्योमध्ये १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता सर्वसाधारणलाई र ७ लाख ९४ हजार २ सय ५० कित्ता म्युचुअल फण्डलाई दिइएको थियो।

यो शेयरमा ६ करोड ५९ लाख १७ हजार ७ सय ९३ कित्ताका लागि आवेदन परेको थियो। कम्पनीको शेयरमा ४.३७ गुणा धेरै आवेदन परेको थियो।

Share Now

Leave a comment.