Prakash Adhikari November 29, 2018

 

काठमाडौं,१३ मंसिर । नेपाली सेनाको कोर्ट मार्सलले भर्नामा भएको अनियमितता दोषी ठहर भएका ३ अधिकृतसहित ११ जनालाई बर्खास्त गरेको छ।

२०७३ देखि ०७५ सम्म भएका विभिन्न पदको भर्नामा अनियमितता गरेको भन्दै २३ अधिकृतसहित १८७ जनाविरूद्ध कोर्ट मार्सल सुरू भएको थियो।

उपरथिको अध्यक्षतामा गठन भएको ९ सदस्यीय जनरल समरी सैनिक अदालतले सो मुद्दामा ४ अधिकृत १४ जनालाई सफाइ दिइएको छ भने अरू सबै दोषी सावित भएका छन्।

उनीहरूबाट ३ करोड २२ लाख ७५ हजार रूपैयाँ बिगो उठाउने अदालतले फैसला गरेको छ।

अदालतले २ अधिकृतसहित ६ जनालाई पैंतिस दिनदेखि तीन वर्ष कैद गरी बर्खास्त गर्ने, २ अन्य दर्जाकालाई ६ वर्ष कैद र बर्खास्त गर्ने, १ अधिकृतसहित ३ जनालाई बर्खास्त गर्ने फैसला गरेको छ।

बाँकीमध्ये केही बढुवा रोकिएको छ भने केहीलाई सचेतमात्र गराइएको छ।

 

Share Now

Leave a comment.