सान्या(चीन), १७ मंसिर । नेपाल सुन्दरी श्रृंखला खतिवडा चीनमा भैरहेको मिस वर्ल्ड प्रतियोगिताको फाइनलमा पुगेकी छन्।
खतिवडाले आज घोषित मल्टिमिडिया अवार्ड जितेर फाइनलको यात्रा तय गरेकी हुन् ।
विश्वका १ सय २१ प्रतिस्पर्धी सुन्दरीबीच चीनको सान्या सहरमा जारी प्रतियोगितामा उनले मल्टिमिडियातर्फ मेक्सिको र केन्यालाई पछि पारेकी थिइन् । मल्टिमिडियातर्फ मेक्सिको दोस्रो र केन्या दोस्रो स्थानमा छन् ।
आइतबार भएको ‘हेड टु हेड’ प्रतिस्पर्धामा पनि ठूलो आशा गरेकी श्रृखलालाई सिंगापुर सुन्दरीले पछि पारेकी थिइन् ।
प्रतियोगिताको फाइनल डिसेम्बर ८ मा सान्या सहरमा हुँदैछ।


















