Prakash Adhikari December 3, 2018

 

मुम्बई(भारत),१७ मंसिर(बीबीसी) ।बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासले आइतवार एउटा हिन्दु परम्परा अनुसार जोधपुरको उमेद भवन प्यालेसमा विवाह गरेका छ्न्।

यसअघि आफूहरूले डिसेम्बर १ तारिखका दिन इसाई विवाह गरेको उक्त जोडीले बताएको थियो।

चोपडा र जोनासले आफ्ना साथीहरूमार्फत् एकअर्कालाई भेटेको बताइएको छ।

प्रियंकाA
उनीहरू सन् २०१७ को ‘मेट गाला’मा पहिलोपटक सार्वजनिक रुपमा सँगै देखिएका थिए।

तर सुरुमा भने उनीहरूले आफूहरूबीचको प्रेम सम्बन्ध अस्वीकार गरेका थिए।

प्रियंकासँग ‘कुरा छिनिएका’ युवक कस्ता छन्

जब सामाजिक सञ्जालमा सेलीब्रेटीहरूले उनीहरूबारे प्रतिक्रियाहरू जनाउन थाले त्यसपछि उनीहरूको सम्बन्धबारे बाहिर चर्चा हुन थालेको हो।

प्रियंकाको विवाह
निकको पालो
जब प्रियंका निकको काकाका छोराको विवाहमा सरिक भइन् त्यसपछि उनीहरूको सम्बन्ध स्पष्ट रुपमा देखापरेको थियो।

प्रियंकाले निकको परिवारसँग पहिले नै भेटघाट गरी आफ्नो प्रभाव देखाइसकेकी थिइन्।

अब प्रियंकाको परिवार सामु राम्रो प्रभाव देखाउने पालो निकको हो।

प्रियंका

Share Now

Leave a comment.