Prakash Adhikari December 7, 2018

सुर्खेत, २१ मंसिर । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कांग्रेस निकट रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ललाई बर्खास्त गरी नेकपा निकट बुद्धिजीवी सहप्राध्यापक.यामबहादुर कार्कीलाई नियुक्त गरिएको छ ।

बिहीबार बसेको विश्वविद्यालय सिनेटको बैठकले उक्त निर्णय गरेको हो। विश्वविद्यालयले डा. मल्ललाई बर्खास्त गर्नुको कारण सार्वजनिक गरेको छैन।

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय स्वास्थ्य विभागमा सह–प्राध्यापकका रूपमा कार्यरत कार्की काजमा शिक्षाशास्त्र संकायमा डिन थिए।

Share Now

Leave a comment.