काठमाडौं, २१ मंसिर । राजधानी काठमाडौंमा आयोजना हुँदै आएको नेपालको क्रिकेट खेलको सर्वाधिक चासोको एभरेष्ट क्रिकेट लिग(इपीएल)को तेस्रो संस्करणको तयारी लगभग पूरा भएको छ । खेल शनिवारदेखि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेल शनिवार दिउँसो १ बजे हुनेछ । उद्घाटन खेलमा पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्स र ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको ललितपुर प्याट्रीयट्स भिड्दै छन्।
दुबै टोली अघिल्लो पटक अन्तिम-४ मा पुगेका थिए । प्रतियोगिताको उपाधि भने विराटनगरजतेको थियो ।
खेलको प्रत्यक्ष प्रशारण एपीवान एचडीले गर्नेछ । नेपालफ्लिक्स एप मार्फत पनि हेर्न सकिने व्यवस्था गरिएको छ।
खेल हेर्न प्रवेश शुल्क १०० रुपैयाँ राखिएको छ भने बिद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिइएको छ । प्रतियोगितामा खेलाडी र टीमलाई हौसला बढाउन र दर्शकलाई मनोरन्जन प्रदान गर्न वेलायतबाट इन्डियन प्रिमियर लिगमा काम गगरिसकेका ६ जना चियरलिडर्स नेपाल आएका छन्।
प्रतियोगिताको फर्म्याट र खेल तालिका
मंसिर २२ गते देखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) पौष ७ गते ( डिसेम्बर ८ देखि– डिसेम्बर २२ सम्म) खेलिनेछ। कुल १५ दिन संचालन हुने प्रतियोगितामा २ दिन ( मङ्सिर २७ गते र पौष ६ गते ) खेल हुने छैन् ।

ँ
प्रतियोगिताको समूह चरणमा प्रत्येक टिमले एक-अर्कासंग १-१ पटक खेलिसकेपछि अंकतालिकाको शीर्षमा रहने दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । पहिलो क्वालिफायरको विजेता सिधै फाइनल प्रवेश गर्नेछ। यस्तै समूह चरणमा तेश्रो र चौथो हुने टोलीले इलिमीनेटर खेल्नेछन् , इलिमिनेटर खेलको विजेताले पहिलो क्वालिफायरको उपविजेतासंग दोश्रो इलिमीनेटर खेल्नेछ जुन खेलको विजेता फाइनल प्रवेश गर्नेछ।
इपीएलमा सहभागी टिम र कप्तानहरु

इपीएलमा ६ टिमहरु सहभागी छन् । इपीएलको यो संस्करण धेरै देशका खेलाडीहरुको सहभागिताले रोचक र हेर्न लायक भएको छ । खेलमा भारत,यूएई,दक्षिण अफ्रिका, इंग्ल्याड, आयरल्याण्ड,हंगकंग,स्कटल्याण्ड र नेदरल्याड्सका खेलाडीहरुको पनि सहभागिता रहेको छ । विदेशी खेलाडीहरुको संलग्नता र समन्वयले घरेलु टीमका खेलाडीहरुको खेलको स्तर र नेतृत्व क्षमता अभिबृद्धि गर्ने गर्ने भएकोले विदेशी खेलाडी अनिवार्य राख्ने व्यवस्था गरिएको हो ।जसको नेतृत्व यस्तो छ,
१) बिराटनगर वारियर्स ( कप्तान – पारस खड्का ) , २) भैरहवा ग्ल्याडीएटर्स ( कप्तान – शरद भेसावकर ) , ३) ललितपुर प्याट्रीएट्स ( कप्तान – ज्ञानेन्द्र मल्ल ) , ४) चितवन टाईगर्स ( कप्तान – पृथु बास्कोटा ) , ५) काठमाडौँ किंग्स-११ ( कप्तान – सोमपाल कामि ) , ६) पोखरा राइनोज ( कप्तान, कायल कोट्जर )
टीमका खेलाडीहरु
काठमाडौं किंग्स ११ : सोमपाल कामी )कप्तान) , नरेश बुढाऐर, सिद्धान्त लोहनी, जितेन्द्र कुमार मुखिया, सागर पुन, राजु रिजाल, विक्रम कुमार भुषाल, अमरसिंह रौटेला, संसाद सेख, अमित श्रेष्ठ, नितेश थापा, पुरन विश्वकर्मा , बिदेशी खेलाडी रोहन मुस्तफा (युएई) केभिन ओ ब्रायन (आयरल्याण्ड) प्रदिप साहु (भारत)
ललितपुर प्याट्रीएट्स : ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दिप लामिछाने, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुमित झा, सुन्दिप जोरा, नारायण जोशी, योगेन्द्रसिंह कार्की, राशिद खान, शंकर राना, पवन सर्राफ, सोनु तामाङ, कमल खत्री , बिदेशी खेलाडी सन्नी पटेल (भारत), गौरब तोमर (भारत), जयकिशन कोल्सावाल (भारत)
चितवन टाइगर्स : पृथु बास्कोटा (कप्तान), दिपेन्द्रसिंह ऐरी, दिलिप नाथ, ललित सिंह भण्डारी, कमलसिंह ऐरी, शाहब आलम, सागर ढकाल, आदिल खान, भिम सार्की, सन्दिप सुनार, अकाश थापा , बिदेशी खेलाडी ः पल् स्टर्लिंग (आयरल्याण्ड), जोन् सिम्प्सन (इंग्ल्याण्), जर्ज स्कट (इंग्ल्याण्ड)
विराटनगर वारियर्स : पारस खड्का (कप्तान), बसन्त रेग्मी, अनिल कुमार साह, आशिफ सेख, आकाश विष्ट, हरिबहादुर चौहान, रामनरेश गिरी, प्रनित थापा, सुमित महर्जन, पुष्प थापा , बिदेशी खेलाडी : बाबर हयात (हंगकंग), स्मित पटेल )भारत), रोल्फ भान डर मर्वे (नेदरल्याण्ड), पल भान मिकिरिन)नेदरल्याण्ड)
भैरहवा ग्लाडीएटर्स : शरद भेषावकर(कप्तान), प्रदिप ऐरी, आरिफ सेख, रोहित कुमार पौडेल, भुवन कार्की, प्रकाश केसी, कृष्ण कार्की, हरिशंकर शाह, दिपेश श्रेष्ठ, भुपेन्द्र थापा , बिदेशी खेलाडी – मोहम्मद नबिद (युएई), रबि इन्दर सिंह, रायन टेन डोस्काटे (नेदरल्याण्ड)
पोखरा राइनोज : शक्ति गौचन, विनोद भण्डारी, सुशन भारी, सुनिल धमला, राजेश पुलामी मगर, सौरभ खनाल, विपिन खत्री, किशोर महतो, सुवेन्दु पाण्डे, विक्रम शोब, नन्दन यादब , बिदेशी खेलाडी : कायल कोट्जर ( कप्तान , स्कटल्याण्ड) , रिचर्ड लेभी (दक्षिण अफ्रिका), पल् कोग्लिन (इंग्ल्याण्ड), सन्नी भिमसारिया (हंगकंग)
नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा(माउण्ट एभेष्ट) को नामसंग जोडिएको नेपालको चर्तित घरेलु प्रतियोगिता एभरेष्ट प्रिमियर लिग सन् २०१६ बाट सुरु भएको हो । यसको दोस्रो संस्करण गत बर्ष २०१७मा सम्पन्न भैसकेको छ ।


















