कीर्तिपुर(काठमाडौं), २४ मंसिर । एभेरेष्ट प्रिमियर लिगको तेस्रो दिनको पहिलो खेल चितवन टाइगर्स र काठमाडौं किंग्सका बीच भैरहेको छ । खेलमा काठमाडौंले टस जितेर चितवनलाइ ब्याटिङको निम्तो दिएको छ ।
अहिले १३ औ ओभरको अन्तमा चितवनले ४ विकेट गुमाएर ११५ रन बनाएको छ ।
चितवनको ४ विकेट मध्ये २ विकेट प्रदीप साहुले लिएका हुन । उनले दुई विदेशी खेलाडी पीआर स्टर्लिड. र जेएम सिम्सनलाई पाचौ ओभरको पहिलो र दोस्रो बलमा लगातार आउट गरे । अर्को एक विकेट चाही सागर पुनले लिएका हुन । उनले सन्दीप सुनारलाई मैदानबाट छिटै बाहिर पुर्याएका थिए । चौथो विकेट ओब्रिनले लिए, उनले स्कटलाई पेभिलियन पठाए ।
इपीएलमा काठमाडौंको यो पहिलो खेल हो भने चितवनले पहिलो खेलमा ललितपुरसँग ११ रनको हार ब्यहोरेको थियो ।
पहिलो खेलमा चितवनका स्टार खेलाडी पउल स्ट्रलिङले राम्रो खेल्न नसक्दा पनि चितवन हार्न पुगेको थियो ।
काठमाडौविरुद्ध विजयी बन्ने चितवनको चाहना छ भने काठमाडौ पहिलो खेलदेखि नै विजयको झण्डा फहराउन चाहन्छ ।
आजै अपरान्ह हुने अर्को खेलमा पोखरा राइनोज र ललितपुर विच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरसँग पराजित भएको ललितपुरले दोस्रो खेलमा चितवनलाई हराएको थियो ।

आजको खेलमा ललितपुरका सन्दिप लामिछानेको अनुपस्थिति निकै खड्किन सक्छ । २ खेल खेलेपछि सन्दिप बिग ब्यास लिगका लागि अष्ट्रेलिया उडेका छन । दोस्रो खेलमा जित निकाल्दा सन्दिपले टिमका लागि तीन विकेट लिएका थिए ।
यता इपिएलकै इतिहास उच्च स्कोर २१५ रन बनाएर पनि हार्न पुगेको पोखरा ललितपुर विरुद्ध विजयी बन्न अग्रसर छ ।
काठमाडौं किंग्स ११ ः सोमपाल कामी ९कप्तान० , नरेश बुढाऐर, सिद्धान्त लोहनी, जितेन्द्र कुमार मुखिया, सागर पुन, राजु रिजाल, विक्रम कुमार भुषाल, अमरसिंह रौटेला, संसाद सेख, अमित श्रेष्ठ, नितेश थापा, पुरन विश्वकर्मा , बिदेशी खेलाडी स् रोहन मुस्तफा )युएई), केभिन ओ ब्रायन (आयरल्याण्ड), प्रदिप साहु (भारत)
चितवन टाइगर्सः पृथु बास्कोटा (कप्तान), दिपेन्द्रसिंह ऐरी, दिलिप नाथ, ललित सिंह भण्डारी, कमलसिंह ऐरी, शाहब आलम, सागर ढकाल, आदिल खान, भिम सार्की, सन्दिप सुनार, अकाश थापा , बिदेशी खेलाडी ः पल् स्टर्लिंग (आयरल्याण्ड), जोन् सिम्प्सन (इंग्ल्याण्ड), जर्ज स्कट (इंग्ल्याण्ड)



















