Prakash Adhikari December 10, 2018

 

कीर्तिपुर(काठमाडौं),२४ मंसिर । एभरेष्ट प्रिमियर लिग अन्तरगत आज कीर्तिपुरमा भैरहेको पहिलो खेलमा चितवन टाईगर्सले काठमाडौं किंग्स ११ लाई १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिड.को निम्तो पाएको चितवनका तर्फबाट सर्वाधिक दिपेन्द्र सिंह ऐरीले४५, पीए स्टर्लिड.ले ३४,सन्दीप सुनार २५, पृथु बास्कोटा २०,जीएफबी स्कट १५,भीम सार्की ७, केएस ऐरी,ललित भण्डारी र एस ढकालले एकएक रन जोडे ।

बलिड. तर्फ पी साहु र संसद शेखले तीन तीन तथा ए एस रौटला, सागर पुन र के जे ओब्रियनले एक एक विकेट लिए ।

अहिले काठमाडौं किंग्सको इनिड. चलिरहेको छ ।

चौधौ ओभरको अन्तिम बलसम्म काठमाडौं किंग्स ११ ले ३ विकेट गुमाएर ९८ रन जोडेको छ ।

चितवनका साहबूब आलमल दुई विकेट लिएका हुन । उनले ओ ब्रियन र श्रेष्ठलाई विकेट लिएर मैदानबाट बाहिर पठाएका थिए भने तेस्रो विकेट स्टर्लिड.ले लिए र उनले सागर पुनलाई आउट गरे ।

Share Now

Leave a comment.