Prakash Adhikari December 10, 2018

सानेपा(ललितपुर), २४ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको समग्र आर्थिक नीति सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
मंसिर ९ गतेदेखि चलिरहेको पार्टीको बैठकमा— समग्र आर्थिक नीति प्रस्ताव समितिका तर्फबाट सहमहामन्त्री एवं समितिका संयोजक डा। प्रकाशशरण महतले कार्यसमितिमा प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

आजको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु— डा. रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी र श्री हरिप्रसाद नेपालले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

नेपाली कांग्रेसको चालु केन्द्रीय समितिको बैठकले महासमितिको बैठकमा प्रस्तुत गर्ने राजनीतिक,आर्थिक,सामाजिक,सांगठानिक लगायत विभिन्न प्रतिवेदनहरु छलफल गरी पारित गर्ने कार्यक्रम छ ।

नेपाली कांग्रेसको महासमितिको बैठक यही मंसिर २८ गतेदेखि काठमाडौंको योगम्वर पार्टी प्यालेसमा हुने भएको छ ।

केन्द्रीय समितिको बैठक मंगलबार पनि जारी रहने छ ।

Share Now

Leave a comment.