मेलवर्न(अष्ट्रेलिया),२४ मंसिर । नेपाली क्रिकेटर सन्दिप लामिछाने मेलबर्न आइपुगेका छन ।
अष्ट्रेलियाको घरेलु लिग बिग ब्यास लिगका लागि सन्दिप सोमबार दिउसो अष्ट्रेलिया पुगेका हुन । उनलाई मेलबर्न विमानस्थलमा नेप्लिज क्रिकेट एसोसियसन अफ भिक्टोरियाका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए।
१९ तारिखबाट सुरु हुने बिग ब्यास लिगमा सन्दीप मेलबर्न स्टार्स टीमबाट खेल्दै छन् । उनको टीमले डिसेम्बर २१ तारिखमा सिड्नी थन्डर्स विरुद्ध खेल्नेछ ।
मेलबर्न विमानस्थलमा सन्दीपले स्थानीय मिडिया कर्मी र आफ्ना शुभचिन्तकहरुसंग बिग ब्यासमा राम्रो खेलेर देशलाई र नेपाली क्रिकेटलाई गौरवान्वित बनाउने बताए ।
सन्दीपको टोलि मेलबर्न स्टारबाट ग्लेन म्याक्स्वेल, मार्कस स्टोइनिस, पिटर ह्यान्डसकम्ब, एडम जाम्पा, केभिन पिटरसन् जस्ता स्टार खेलाडीले खेलिसकेका छन्।
तर स्टार्सले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन।



















