Prakash Adhikari December 11, 2018

कीर्तिपुर(काठमाडौं), २५ मंसिर । एभरेस्ट प्रिमियर लिग टि(२० अन्तर्गत चौाथो दिनको पहिलो खेलमा पोखराले आफ्नो विष्फोटक ब्याटिड. शक्ति प्रदर्शन गर्न सकेन । विराटनगर वारियर्ससंग आबद्ध नेदरल्याण्डका खेलाडी चम्केपछि पोखरा जम्मा ८४ रनमा समेटिन बाध्य भएको छ ।

खेलमा टस जितेर विराटनगरले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको पोखराले कमजोर ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर ८४ रन मात्रै बनायो ।
पोखराले सुरुआत अत्यन्त खराब रह्यो। अघिल्लो २ खेलमा ७९ र ८४ रनको विस्फोटक इनिंग खेलेका रिचर्ड लेभी ३ रन बनाएर आउट हुन पुगे पछि पोखरा धेरै प्रेसरमा पर्यो। कप्तान कायल कोट्जर ४, शुबेन्दु पाण्डे खाता नखोलिकन र बिनोद भण्डारी १ रनमा आउट हुँदा ३।५ ओभरमा नै पोखरा ४ विकेटको क्षतिमा १९ रनको दयनीय स्थितिमा पुग्यो।

लेभीलाई देब्रे हाते स्पिनर भान डर मर्वेले विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराए भने कोट्जर पनि ठूलो सट खेल्ने चक्करमा मर्वेकै बलमा क्याच आउट भए। पल भान मिकिरनको बाउन्सरलाई हुक गर्ने चक्करमाल धमलाको स्थानमा पहिलो खेल खेलीरहेका शुबेन्दु पाण्डे विकेटकिपरको हातमा क्याच दिन पुगे। विकेट पछि शुबेन्दुले अम्पायरलाई आउट नभएको बताएका थिए र टिभी रिप्लेमा पनि ब्याट र ग्लब्समा लागेको देखिएको थिएन।

४ विकेट गुमेपछि राजेश कग्लिनले पाँचौ विकेटको लागि ३० रनको साझेदारी गरे। तर क्रिजमा निरन्तर संघर्ष गरेका कग्लिन २० रन बनाएर मिकिरनको बलमा क्याच समातिन पुगे। पुलामी पनि १७ रन बनाएर समित पटेलको सिकार भए।

त्यसपछि सुशन भारि ८ , बिक्रम सोब ५ र शक्ति गौचन ३ ले पनि खास योगदान दिन सकेनन फलस्वरूप राइनोजले २० ओभरमा ७ विकेट गुमाएर ८४ रनमा खुम्चिन बाध्य भयो ।

१८ ओभरमा ८० रनको योगफलबाट अन्तिमको २ ओभरमा राइनोजले ४ रन मात्रै जोड्न सक्यो। शक्ति गौचनले ३ रन बनाउन ११ बल खेले। बसन्त रेग्मीले गरेको १९ औं ओभरमा गौचनले ५ डट बल खेल्दा १ रन मात्रै बनाउन सके। यस्तै करन केसीले गरेको इनिंगक ओअन्तिम ओभरमा ३ रन मात्रै बन्यो।

बिराटनगरको बलिङ्गमा पल भान मिकिरनले ४ ओभरमा सर्वाधिक ३ विकेट लिए भने भान डर मर्वेले ४ ओभरमा २ तथा बसन्त रेग्मी ४ ओभरमा १ र समित पटेल ४ ओभरमा १ विकेट लिए। किफायती बलिङ्ग गरेका करन केसीले ४ ओभरमा १४ रन मात्रै खर्चिए।

प्रतियोगिता अन्तर्गत पोखराले पहिलो खेलमा भैरहवासंग ४ विकेटले तथा ललितपुरसंग ८ विकेटले पराजित हुन पुगेको थियो। बिराटनगरले भने पहिलो खेलमा ललितपुर प्याट्रीएट्सलाई ३ विकेटले पराजित गरेको थियो।

Share Now

Leave a comment.