Prakash Adhikari December 17, 2018

काठमाडौं, २ पुस। शेयर बजारको सुधार र विकासको लागि सकारात्मक काम गर्न अर्थमन्त्री र सम्बन्धित निकायहरुलाई दवाव दिन लगानीकर्ताहरुको तर्फबाट आमरण अनशन सुरु भएकै दिन नेपाल स्टक एक्स्चेञ्जको परिसूचक १५ अकंले बढेको छ ।

सेयर बजार परिसूचक नेप्से १५ अंकले बढेको छ। सोमबार नेप्से १५.१७ अंकले बढेर ११ सय ८२ को विन्दुमा पुगेको छ।

सोमबारको बजारमा १ सय ५९ कम्पनीका ४२ करोड ३ लाख ४५ हजार ३ सय १५ रुपैयाका १२ लाख ६० हजार ५ सय १८ कित्ता सेयरका कारोबार भए।

सोमबारको बजारमा छिमेक लघुवित्त, नेपाल बैंक, ग्लोबल आईएमई बैंकको संस्थापक, एनआईसी एशिया,एनएमबी,एनआईबी,नबिल संस्थापक, नेपाल लाईफ इन्स्योरेन्स,कुमारी र एनसीसी बैंकको अधिक रकमको कारोबार भयो ।

Symbol Turnover Closing Price
As of 2018-12-17 15:00:00
CBBL 48,313,450.00 830.00
NBL 44,344,544.00 312.00
GBIMEP 35,567,460.00 180.00
NMB 30,773,339.00 384.00
NICA 12,834,640.00 388.00
NIB 12,471,024.00 671.00
NABILP 12,415,810.00 705.00
NLIC 12,218,058.00 951.00
KBL 11,710,882.00 250.00
NCCB 10,593,330.00 221.00

 

सोमबारको बजारमा मिर्मिरे लघुवित्त, कालिका लघुवित्त विकास बैंक, पूर्णिमा विकास बैंक,आरम्भ माईक्रो फाईनान्स, सूर्या लाईफ,महुली सामुदायिक लघ वित्त, समीट,सपोर्ट, नेपाल सेवा र ओमी माईक्रो फाईनान्सका शेयर विक्री गर्ने लगानीकर्ताले अघिल्लो दिनको कारोबारको तुलनामा कमाए ।

Top Gainers

Symbol LTP % Change
As of 2018-12-17 15:00:00
MMFDB 1,197.00 9.91736
KMCDB 911.00 9.89144
PURBL 168.00 9.80392
AMFI 747.00 9.21053
SLICL 525.00 8.24742
MSLB 1,420.00 7.98479
SMFDB 790.00 7.9235
SMB 660.00 7.84314
NSEWA 603.00 7.67857
WOMI 915.00 7.64706

माछापुच्छ्रे्र बैंकको संस्थापक, कालिका पावर,ग्लोबल आईएमएई समुन्न्त स्किम,स्वदेशी लघुवित्त,बीमा कम्पनी संस्थापक,अरुण कावेली,कामना सेवा विकास बैक,मिसन विकास बैंक, पोखरा फाइनान्स र विशाल बजार कम्पनीको शेयर बिक्री गर्ने लगानीकर्ताले गुमाए ।

Top Losers

Symbol LTP % Change
As of 2018-12-17 15:00:00
MBLPO 74.00 -43.0769
KPCL 103.00 -3.73832
GIMES1 8.65 -3.56745
SDESI 580.00 -3.33333
RBCLPO 8,700.00 -3.1504
AKPL 185.00 -3.14136
KSBBL 135.00 -2.8777
MIDBL 170.00 -2.29885
PFL 134.00 -2.18978
BBC 1,764.00 -2

आमरण अनसन !

सोमबार ब्यापार उपसमूहबाहेक सबै उपसमूहहरु बैंक,विकास बैंक,जलविद्युत, होटल,निर्जीवन बीमा, जीवन बीमा, वित्त कम्पनी,लुघु वित्त,उत्पादनमूलक र अन्य सबै समूहको शेयर बढ्न गएको छ ।

सोमबार दवाव समहको तर्फबाट तिलक कोइराला र हरि ढकाल बजार सुधारका लागि सम्बन्धित निकायका पदाधिकारीहरुले राजिनामा दिनु पर्ने अडानसहित आमरण अनसन बसेका हुन्।

अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा मुद्रा र पूँजी बजारको समस्या पहिचान गरी सुधारका लागि अघिल्लो बिहीबार सुझाब दिन बनाएको समितिले गत सोमबारबाट काम थालेको थियो । कार्यदलले अर्थमन्त्रीलाई समस्या समाधानको उपायसहित प्रतिबेदन बुझाउँदैछ ।

कार्यदलमा बजार सुधारको आन्दोलन र रिले अनशनका रहेका लगानीकर्तालाई पनि बोलाइएको थियो। उनीहरुले पनि आफ्नो मागहरु प्रस्तुत गरेका थिए। शनिवार प्रतिबेदनलाई एकिकृत गर्न बैठक बसेको थियो ।

लगानीकर्ताको दवाव समूहले १४ बूँदे माग राख्दै आन्दोलन थालेको थियो । उनीहरुले अघिल्लो आइतबारदेखि रिले अनसन गरिरहेका थिए। त्यसबेलै उनीहरुले आमरण अनसन बस्ने चेतावनी दिएका थिए।

Share Now

Leave a comment.