Prakash Adhikari December 18, 2018

 

कीर्तिपुर(काठमाडौं), ३ पुस । एभरेष्ट प्रिमियर लिग अन्तरगत आज भएको पहिलो क्वालिफायर खेलमा काठमाडौंलाई एक विकेटले पराजित गर्दै ललितपुर प्याट्रियट्सले फाइनलको यात्रा तय गरेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा ललितपुरले टस जितेर ब्याटिङको निम्तो पाएको काठमाडौले १९ ओभर ५ बलमा १ सय ८ रनको योगफल तयार पारेको थियो ।

उसले १९ रन हुँदा पहिलो विकेट गुमायो भने ८५ रनमा ६ विकेट खेर फाल्यो । उसका ओपनर अमित श्रेष्ठ ९ रनमा आउट भए भने रोहन मुस्तफा ३२ रनमा ।

त्यसपछि क्रिजमा आएका केभिन ओब्राइनपनि मात्र एक रनमा आउट भए । नरेश बुढाऐरपनि एक रनमा नै बाहिरिए । त्यसपछि व्याट सम्हाल्न आएका राजु रिजालले खाता खोल्न सकेनन् । सिद्धान्त लोहनी १६ रनमा आउट भए ।

काठमाडौंका कुनैपनि खेलाडीबिच बलियो साझेदारी हुन सकेन । सागर पुन पनि २९ रनमा आउट हेदा काठमाडौंले आठौं विकेट गुमायो । यसरी काठमाडौं १ सय ८ रनमा समेटियो ।
बलिङमा पवन सराफले तीन विकेट लिए भने सन्नी पटेल र योगेन्द्रसिंह काकीले दुई दुई र ललित राजवंशी एक विकेट हात पारे ।

१ सय ९ रनको लक्ष्य लिएको ललितपुरले ९ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

तीन रनमा पहिलो विकेट गुमाएको ललितपुरले २० रन बनाउदा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि उसले स्कोरबोर्डमा अरु ३४ रन जोड्दा थप तीन विकेट गुमायो । उसका ओपनर गौरव तमोर एक रनमा आउट भए भने जयकिशन कोल्सावाला ७ रनमा ।

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ले २१ तथा पवन सर्राफ १९ रनमा आउट भए । सन्दिप जोरा खाता नखोली बाहिरिए ।

प्रदिप साहुले एकै ओभरमा ३ विकेट लिएपछि ललितपुर झन दबावमा पर्यो । उसले ५४ रनमा नै ६ विकेट गुमाउन पुग्यो । त्यसपछि सातौं विकेटका लागि योगेन्द्रसिंह कार्की र कुशल भुर्तेल विच ३७ रनको साझेदारी हुँदा ललितपुरलाई जितको लयमा देखियो ।

कुशल २९ रनमा आउट हुँदा ९१ रनमा ललितपुरले सात विकेट गुमाउन पुग्यो । त्यसपछि अरु १० रन जोड्दा उसले थप दुई विकेट गुमायो । अन्तिममा योगेन्द्रसिंह कार्कीले अविजीत २८ रन जोडेपछि ललितपुर फाइनलमा पुग्यो ।

बलिङतर्फ काठमाडौं किंग्स् ११ का प्रदिप साहु र केभिन ओब्राइन र रोहन मुस्तफाले दुई दुई विकेट लिए ।

काठमाडौंले फाइनल प्रवेशका लागि भैरहवा र चितवन विचको विजेतासँग भिड्नुपर्ने भएको छ ।

Share Now

Leave a comment.