काठमाडौ, ३ पुस । शाही कालिन मन्त्रिपरिषद्का उपाध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको मंगलवार बिहान आफ्नै निवासमा निधन भएको छ ।
नेपाली कांग्रेसबाट राजनीति शुरू गर्दै पछि कट्टर राजावादी भएका ९३ बर्षिया गिरी कलेजोसम्वन्धी रोगबाट पिडित थिए ।
२०१७ साल पुस १ मा तत्कालिन राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालालाइ नजरवन्द गर्दै पञ्चायति शासन लागू गरपछि गिरी पनि राजा सँगै लागेका थिए । गिरीले प्रजातान्त्रिक न्दोलनलाइ धोका दिएर राजाको नेतृत्वको दलविहिन पञ्चायती व्यवस्थालाई समर्थन गरे ।
२०३६ सालको जनमत संग्रहको घोषणाको विरूद्दमा रहेका गिरी त्यस पछि लामो समय श्रीलंकामा बसे ।
२०५९ सालमा ज्ञानेन्द्रले शाही कु गरे पछि गिरी पुन नेपाल फर्किएर शाही सरकार मन्त्रीपरिषद्को उपाध्यक्ष बनेका थिए । गिरीका श्रीमती, २ छोरा र २ छोरी छन् ।


















